Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

लगातारको वर्षा र असिनाले लाखौंको खेतीबाली तथा तरकारी नष्ट

डोटी । जिल्लाका विभिन्न ठाउँमा शनिबार राति परेको असिनापानीले लाखौँको खेतीबाली तथा तरकारी नष्ट गरेको छ । पाकेको बालीलाई नोक्सान गरेपछि किसानमा भोकमरी हुने चिन्ता छाएको छ ।

जिल्लाका आदर्श, जोरायल, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, बडिकेदार गाउँपालिका, दिपायल सिलगढी र शिखर नगरपालिकाका विभिन्न वडामा पाकेर भित्र्याउनै लागेको लाखौँको खेतीबाली नष्ट गरेको स्थानीयवासीले जानकारी दिएका छन् । गहुँ, जौ, तोरीलगायत हिउँदेबाली असिनाले चुटेर नष्ट गरेपछि किसान निरास भएको जोरायल गाउँपालिका–३ का सन्तोष अवस्थीले जानकारी दिए । उनले , “पाकेर भनेभित्र्ययाउने अवस्थामा रहेको हिउँदै बाली असिनाले चुटेर नष्ट गरेको छ, भोकमरी हुनसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ ।”

यहाँका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको जानकारी आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअघि पनि यही वैशाख २ गते जिल्लाको जोरायल, सायल र पूर्वीचौकी गाउँपालिकाको अल्याडी, गडाखर्क, भल्मा, झिग्राना, बग्लेक क्षेत्रमा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा समेत क्षति गरेको थियो ।

त्यसैगरी वर्षा र असिनापछि जोरायलको सैगडीगाड र सेरापुलको गाडमा बाढी समेत आएपछि जोरायग गड्सेरा तथा बिपीनगर गड्सेरा जोड्ने सडकसमेत अवरुद्ध भएको जोरयाल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए । उनले भने, “हिउँदेबाली भित्र्याउने समयमा पटक–पटक परेको असिनाले गहुँ, जौलगायत तरकारी नष्ट गरेको छ, ठूलो वर्षाद्ले सडकसमेत अवरुद्ध भएका छन्, समस्या भएको छ ।”

केही दिनयता मौसममा आएको खराबीका कारण जिल्लाका किसानलाई बाँकी रहेको गहुँबाली भित्र्याउन निकै समस्या भएको छ । केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको सायल गाउँपालिका–१ का स्थानीय हरिबहादुर थापाले बताए । उनले भने, “लगातार वर्षा र पानी परिरहेको छ, हिउँदे बाली काट्नै पाएका छैनौँ, समयमै नकाटे बाँकी रहेको बाली पनि असिनाले सखाप गर्ने छ ।” जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको र एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले पाकेको गहुँ काट्न समस्या भएको शिखर नगरपालिका–१ गुठेउडीका किसान लक्ष्मण ऐरले जानकारी दिए।

उनका अनुसार लगातारको वर्षाका कारण घरभित्रै सड्ने अवस्थामा पुगेको छ । यो वर्ष बढी पानी परेका कारण गहुँ उत्पादन पनि घट्ने जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ । गत वर्ष जिल्लाभरिमा कूल २९ हजार मेट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । जिल्लामा कूल १९ हजार ४०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ ।

लगातारको वर्षा र असिनाले डोटीसहित सुदूरपश्चिमका पहाडी जिल्ला, बैतडी, दार्चुला, बझाङ, अछाम, बजुरा र डडेल्धुरामा अन्नबाली भित्र्याउन किसानलाई निकै समस्या भएको छ । केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि वर्षा हुन थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दिपायल सिलगढी नगरपालिका स्वाँणाका स्थानीय डम्मरबहादुर साउदले जानकारी दिए । केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पु¥याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । यहाँका पहाडी जिल्लाका किसानलाई वर्षा र असिनाले खेतीपाती भित्र्याउन बाधक बनेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies