Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अब राहत होइन, रोजगारी

काठमाडौँ । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत ११ गतेदेखि नै लकडाउन गरेको छ । त्यसको प्रत्यक्ष असर श्रमिक वर्गमा परेको छ । श्रमिकको यस्तो समस्याको सहज समाधानका लागि फोरमले सङ्घीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुख–उपप्रमुखहरुको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “पछिल्लो समय सङ्घीय सरकारले लकडाउ केही खुकुलो बनाउने निर्णय गरेको छ ।”

पछिल्लो समय राहत वितरणलाई भन्दा पनि परिश्रमअनुसारको र पारिश्रमिक प्रदान गरी सहयोग गर्ने फोरमले जनाएको छ । प्रमुख शाक्यले नेपाल सरकारले २०७७ वैशाख २६ गतेबाट लागू हुने गरी अत्यावश्यक उद्योग सञ्चालन गर्ने निर्णय गरेको भन्दै ती क्षेत्रहरु सञ्चालनमा सहजीकरण गर्दै लकडाउनलाई पालन गर्ने–गराउने निर्णय पनि बैठकमा भएको जानकारी दिए ।

केही दिनअघि मात्रै नगरपालिका फोरमका पदाधिकारीले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यकाभित्र निर्वाध भित्रने कार्यलाई कडाइ गरी उपत्यकाभित्र भने लकडाउन केही खुकुलो बनाउनुपर्ने माग गरेको थियो । शनिबार बसेको फोरमको बैठकले यस किसिमको निर्णय गरेको हो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेशलाई कडाइ गर्दै उपत्यकाभित्रको गतिविधिलाई चलायमान बनाउने विषयमा सहजीकरण गर्ने सन्दर्भमा सकारात्मक रहेको जानकारी दिए ।

भक्तपुरका स्थानीय तहमा काम लगाउने र सोहीअनुसारको पारिश्रमिक दिने कार्य शुरु गरिसको छ । लकडाउनका कारण धेरै कामहरु स्थगित गर्नुपरेको छ ती काम पनि सञ्चालन गर्ने र श्रमिकलाई आर्थिक सहयोग पनि गर्ने गरी यस किसिमको योजना तयार गरिएको हो । फोरमले यसअघि नै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाधरूपमा आवतजावत गर्दा सङ्क्रमणको खतरा बढी हुने भन्दै त्यसो नगर्न आग्रह पनि गरेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies