Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

५ करोड मानिसको ज्यान लिएको स्पेनिश फ्लू महामारीलाई यसरी गरिएको थियो नियन्त्रण

काठमाडाैं । विश्वव्यापी रूपमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको सन् १९१८को स्पेनिश फ्लू र र कोरोनाभाइरसबीच धेरै समानता खोज्नु उचित नहुन सक्छ। कोभिड-१९ पूर्ण रूपमा नयाँ रोग हो जसले असमानुपातिक रूपमा वृद्धहरूलाई असर पारिरहेको छ।

स्पेनिश फ्लूले बलियो प्रतिरक्षा प्रणाली भएका २० देखि ३० वर्षका मानिसहरूलाई बढी असर पारेको थियो।

तर विभिन्न देशका सरकार र सर्वसाधारणहरूले सङ्क्रमण नफैलियोस् भनेर चालेका कदम भने समान देखिन्छन्।

पब्लिक हेल्थ इङ्ल्याण्डले कोरोनाभाइरस सङ्क्रमणका विषयमा प्रारम्भिक आपत्‌कालीन योजना बनाउनका लागि स्पेनिश फ्लू प्रकोपको अध्ययन गरेको थियो जसको मुख्य निचोड सन् १९१८ को शरद ऋतुमा देखिएको सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै धेरै घातक देखिएको थियो।

सन् १९१८ को मे महिनामा भाइरसका कारण पहिलो मृत्यु हुँदै गर्दा यूके अझै युद्धमा होमिइरहेको थियो। उक्त सङ्क्रमणसँग लड्न अन्य देशका सरकार जस्तै युके पनि तयार अवस्थामा थिएन।

रोयल सोसाइटी अफ मेडिसिनका लागि सर आर्थर निउजहोमले सन् १९१९ मा तयार पारेको प्रतिवेदनका अनुसार स्पेनिश फ्लू सैन्य टुकडीहरूको ओसारपसारदेखि हतियार कारखाना र भिडभाडयुक्त बस अनि रेल जस्ता स्थानहरूमा डढेलो लागे झैँ फैलिन थाल्यो।

सन् १९१८ को जुलाई महिनामा उनले बिरामी भएको भए सर्वसाधारणहरूलाई घर बाहिर ननिस्कन र भिडभाड भएका स्थानमा नजान भन्दै \"सार्वजनिक प्रयोगका लागि लेखेको ज्ञापन पत्र\" सरकारले बेवास्ता गरेको थियो।

ती नियमको पालना गरिएको भए धेरैको ज्यान जोगिन सक्ने बताउँदै आर्थर थप्छन्: \"कहिलेकाहीँ यस्ता किसिमका राष्ट्रिय परिस्थिति हुन्छन् जति बेला स्वास्थ्य र जीवनको जोखिम हुँदा समेत प्रमुख दायित्व \"अघि बढ्नु\" नै रहन्छ।\"

\"महिलाहरू\"/
Image captionइन्फ्लुएन्जाबाट बच्न कपडाको मास्क लगाएका महिलाहरू

सन् १९१८ मा इन्फ्लुएन्जाको उपचार थिएन। निमोनिया जस्तो रोग निको पार्न एन्टिबायोटिक पनि थिएन। अस्पतालहरू छिट्टै भरिन्थे।

कैयौँ नाटक घर, चलचित्र र नृत्य देखाइने हल अनि गिर्जाघरहरू बन्द गरिए पनि सङ्क्रमण नफैलियोस् भनेर केन्द्रीकृत रूपमा लकडाउन लागु गरिएको थिएन।

युद्धकालीन समयका कारण पहिले नै खुला रहने समय तोकिएका पबहरू प्राय:जसो खुलै थिए। ठूला फुटबल प्रतियोगिताहरू युद्धकै कारण रद्द गरिएको भए पनि क्षेत्रीय स्तरमा हुने त्यस्ता प्रतियोगिताहरू भने रद्द गरिएको थिएन।

त्यस्ता कार्यक्रमहरूमा व्यापक भिडभाड हुने गर्थ्यो र त्यो महामारीको अवधिभरि चलेको थियो। केही सहरहरूमा नि:सङ्क्रमण गर्ने \'स्प्रे\' छरिएको थियो भने केहीले जीवाणुबाट बच्नका लागि मास्कको प्रयोग गर्न गर्थे।

\"टेलिफोन
Image captionटेलिफोन अपरेटर

जनस्वास्थ्यसम्बन्धी सूचना अलमल पार्ने किसिमका थिए र अहिले जस्तै मिथ्या समाचार अनि षड्यन्त्रका सिद्धान्त पनि प्रशस्त थिए।

केही कारखानाहरूमा सङ्क्रमणबाट बच्न सहयोगी हुने बुझाइका कारण चुरोट पिउनमा रोक लगाइएको थिएन। प्रचारका लागि गरिएका अभियानहरूमा उक्त रोग खोक्दा वा हाच्छिउँ गर्दा फैलने बताइएको थियो।

सन् २०१८को नोभेम्बर महिनामा न्यूज अफ द वर्ल्डले आफ्ना पाठकहरूलाई यस्तो सुझाव दिएको थियो: \"प्रत्येक साँझ र बिहान नाकभित्र साबुन पानीले सफा गर्नू। साँझ बिहान हाच्चिँउ गर्नू अनि गहिरो सास लिनू। गलबन्दी नलगाउनू। हिँडेरै काममा जानू अनि प्रशस्त \'परिज\' खानू।\"

\"कार्टुन\"/
Image captionजनस्वास्थ्यसँग सम्बन्धित विषयमा देखिएका अलमलबारे एक कार्टुन

सन् २०१८ को महामारीको प्रभाव नपरेको कुनै पनि देश थिएन। त्यसको प्रभाव र त्यसबाट बच्ने सरकारी प्रयास भने देश अनुसार फरक थियो।

अमेरिकाका केही राज्यमा क्वारन्टीनको व्यवस्था गरिएको थियो जसको नतिजा मिश्रित थियो। अन्य केहीले मास्कको प्रयोग अनिवार्य बनाएका थिए।

सिनेमा घर, नाटक घरसहित मनोरञ्जनका लागि प्रयोगमा ल्याइएका अन्य स्थानहरू देशभरि बन्द गरिएका थिए।

\"नाई\"/
Image captionसङ्क्रमणबाट बच्न सावधानी अपनाइन्थ्यो

पछिल्लो २० वर्षदेखि क्षयरोग विरुद्ध अभियान चलाइरहेको न्यूयोर्क अन्य राज्यका तुलनामा बढी तयार देखिएको थियो। फलस्वरूप त्यहाँ मृत्यु हुनेहरूको दर कम थियो।

त्यसै कारण उक्त राज्यका स्वास्थ्यसम्बन्धी मामिला हेर्ने आयुक्त मनोरञ्जनका लागि प्रयोग गरिने चलचित्र घरसहित अन्य स्थान खुला राख्न दबावमा परे।

\"सफाइ
Image captionसन् १९१८मा न्यूयोर्कमा मास्क लगाएर बाटा घाटा सफाइ गर्दै एक व्यक्ति

अहिले जस्तै त्यस बेला पनि स्वच्छ हावालाई सङ्क्रमण फैलन नदिन सम्भावित उपायका रूपमा हेरिएको थियो र त्यसैका आधारमा केही सरल उपायहरू अपनाइएका थिए।

\"अदालत
Image captionसन् १९१८मा खुला स्थानमा अदालतको कारबाही

तर अमेरिकाका अधिकांश सहरहरूमा ठूला भिडभाड रोक्न भने असम्भव जस्तै देखियो। त्यस्तो अवस्था सबैभन्दा बढी धार्मिक स्थलहरूमा देखिन्थ्यो।

\"प्रार्थना
Image captionस्यान फ्रान्सिस्कोमा महामारीका बेला प्रार्थनामा सहभागी भिड

उक्त महामारीको अन्त सम्ममा ब्रिटेनमा ज्यान गुमाउनेहरूको सङ्ख्या २२८,००० पुगेको थियो र जनसङ्ख्याको एक चौथाइ सङ्क्रमित भएको आशङ्का गरिएको थियो।

\"बस
Image captionलन्डनमा एउटा बस नि:सङ्क्रमित पारिदैँ

सबै तस्वीरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित

बीबीसी नेपाली बाट सभार ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies