


नेकपा अध्यक्ष ओली र प्रचण्डको आग्रह : वार्ताबाट समस्या समाधान गर


-
-
बैशाख २८ गते, २०७७ - ०६:५६

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाल र भारत सरकारलाई विगतका सहमतिका आधारमा कूटनीतिक तहमा सीमासम्बन्धी संवाद थाल्न सुझाब दिएका छन् । भारतसँग राजनीतिक र कूटनीतिक तहमा संवाद गर्नुपर्ने उनीहरूको सुझाब छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – अहिले भारतले लिएको एकपक्षीय कदम दुई देशबीच शीर्ष तहमा भएको समझदारीका आधारमा वार्ताबाट सीमाविवाद समाधान गर्ने नेपालको बारम्बारको अनुरोधको विपरीत हो,’ अध्यक्षद्वयको वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी नेपाल सरकार र भारत सरकारलाई तुरुन्तै कूटनीतिक माध्यमबाट समस्या समाधानको पहलकदमी लिन आग्रह गर्न चाहन्छ । ’
अध्यक्षद्वयले नेपाल सरकारले यस सम्बन्धमा लिएको कदमको स्वागत पनि गरेका छन् । ‘त्यस क्षेत्रमा भएको सडक निर्माण कार्य तत्काल रोक्न र यो विषय भविष्यमा थप जटिल हुनेतर्फ कुनै पनि यस्ता कार्य नगर्न नेकपा भारतलाई सुझाब दिन चाहन्छ,’ वक्तव्यमा भनिएको छ । कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्नुपर्ने यसवेला भारतले सडक निर्माण गरेर उद्घाटन गर्नु दुःखद कार्य भएको पनि उनीहरूले उल्लेख गरेका छन् ।
सार्वभौम समानता, भौगोलिक अखण्डता, आपसी सम्मान र हितका सिद्धान्तका आधारमा नेपाल र भारतबीचको सम्बन्ध हुनुपर्नेमा नेकपाले जोड दिएको छ । ऐतिहासिक दस्ताबेजका आधारमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएकोसमेत अध्यक्षद्वयले वक्तव्यमा उल्लेख गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन...लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन् काठमाडौं । देशमा बेरोजगारीको...सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे
काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका...कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने
काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार...नेपालीको भान्छा अचाक्ली महँगियो
काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको...‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’...बहस गर्ने वकिलको नाम नथप्न आदेश
न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...
