


क्वारेन्टाइनमा बसेकी महिलाले जन्माइन् जुम्ल्याहा शिशु


-
-
बैशाख २७ गते, २०७७ - २२:४७

दाङ । तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन्।
भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किएकी यादव गत बुधबार घर फर्किएकी थिइन् । उनलाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।
लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर आएकी हुन् । “एम्बुलेन्समा आउन पैसा थिएन, घर जान माइतीले दवाव दिएपछि हिँडेरै आएँ”, उनले भनिन्, “खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो ।”
दुई दिनको लगातारको पैदल यात्रा हिँडेर घर आएकी उनले कसैको घरमा बास माग्दा नदिएको र सडक पेटीमै रात बिताउनुपरेको कटु अनुभव भोग्नुपर्यो । यादव भारतबाट आएको थाहा पाएपछि बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले बताए ।
क्वारेन्टाइनमा राखेकै दिन दिउँसोदेखि उनलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताए ।
डा खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले एनआइसियु९नवजात अतिसघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । शिशुको तौल २।५ देखि ३।५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र एक केजी २५ ग्राम छ । कम तौल भएका शिशुको आन्द्रामा प्वाल पर्ने, श्वासप्रश्वासमा समस्या हुने र चिनी कम हुने भई मृत्युसमेत हुने जोखिम भएकाले एनआइसियुमा राखेर उपचार भइरहेको डा खत्रीको भनाइ छ । उनका अनुसार शरीरमा अक्सिजनको मात्रा कमी भएकाले शिशुको अवस्था गम्भीर छ । आमाको दूध सजिलै चुस्ने नहुँदासम्म एनआइसियुमा राखेर उपचार गर्नुपर्ने डा खत्रीले बताए ।
नवजात शिशु र आमाको उपचारमा लाग्ने खर्च अस्पतालले निःशुल्क उपलब्ध गराएको छ। उपमहानगरपालिकाले खानाको यवस्थापन गरेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । डा खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक रु १४ हजारभन्दा बढी लाग्ने छ । अहिले सुत्केरीको स्वास्थ्यावस्था सामान्य छ । यादवको आजै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यादवको यसअघि गरिएको र्यापिड डायग्गोष्टिक टेष्टको रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने
- काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
- राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी