Khabar Dabali Logo
  January 24, Sun

तत्काल सीमा अतिक्रमण रोक्न बारको माग

काठमाडौ । नेपाल बार एशोसिएशनले नेपालका सीमा नाका जोडिएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अभिभाज्य, अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग जोडदार माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार भारत सरकारले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीसम्मको ३७२ वर्गकिलोमिटर भूभागमा ७८ किलोमिटर लामो सडक भिडियोमार्फत औपचारिकरुपमा उद्घाटन गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त माग गरेको हो ।

“नेपाली भूभाग अतिक्रमण गरी यत्रो निर्माण कार्य गर्दा सम्बन्धित अधिकारीसमेत बेखबर रहनु झनै उदेकलाग्दो छ”, विज्ञप्तिमा भनिएको छ, “सार्वभौमसत्ता सम्पन्न नेपालको भूमिमा अन्तरराष्ट्रिय कानूनविपरीत अतिक्रमण गर्ने भारत सरकारको यस्तो कार्य अत्यन्तै निन्दनीय र खेदजनक छ ।”

बारले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न कूटनीतिकलगायत जुनसुकै उपयुक्त कदम चाल्न नेपाल सरकारसँग माग गर्दै खुला सिमानालाई व्यवस्थित गरी सामरिक महत्वका स्थानमा सुरक्षा एकाइ खडा गरी सीमा सुरक्षालाई विशेष ध्यान दिनसमेत अनुरोध गरेको छ ।

बैशाख २७ गते, २०७७ - २२:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top