Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

क्वारेन्टाइन बसेकालाई परीक्षणविना घर पठाइँदै

रुकुमपूर्व । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई जाँचविनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।

क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ । प्रशासन कार्यालयको तथ्याङ्कानुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडिटी गरिएको छ। कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो । त्यसमध्ये १२९ जनाको आरडिटी गरिएको र ३१ किट आकस्मिक अवस्थाका लागि राखिएको छ । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताए ।

स्वास्थ्यचौकी भवन शिलान्यास
सिस्ने गाउँपालिका वडा नम्बर ६ ढकालबारामा स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको छ । कोठे स्वास्थ्यचौकी भवन गाउँपालिका अध्यक्ष कुमारी बरालले आज शिलान्यास गरेका हुन् । एक वडा एक स्वास्थ्यचौकी निर्माण गर्ने सरकारको लक्ष्यानुसार भवन निर्माण हुन लागेको हो ।

जनतामा उपचारको पहुँच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य संस्था निर्माणको काम भइरहेको छ। ढकालबाराका चन्द्रबहादुर र धनबहादुर बुढाथोकीले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । स्वास्थ्यचौकीको भवन निर्माणका लागि एमबी ग्रुप कम्पनीले रु ३२ लाखमा ठेक्का लिएको छ । कम्पनीसँग यही असार मसान्तभित्र काम सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । आफ्नो गाउँमै स्वास्थ्यचौकी स्थापना हुने भएपछि स्थानीयवासी खुशी छन् । यसैगरी गाउँपालिकाका वडा नम्बर ४ र ७ मा पनि स्वास्थ्यचौकी भवन निर्माणको काम शुरु भइसकेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies