


पाँचौँ पटकको नतिजा पनि पोजेटिभ


-
-
बैशाख २७ गते, २०७७ - २०:४८

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकार्री िदए ।
यही वैशाख ३ गते र्यापिड डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उनी र उनकी दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा उनी र उनको २७ वर्षीय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।
उनीसँगै कोरोना पोजेटिभ देखिएका छोराको पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले घर पठाएको छ । उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङहुँदै चैत ५ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए । यस्तै वैशाख २६ गते र आजका गरी ४६ नमूनाको अहिले भरतपुर कोभिड– १९ प्रयोगशालामा परीक्षण भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...

प्रतिकृया लेख्नुहोस्:
- जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
- भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
- आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप, पहिलो चरणमा कसले पाउनेछन् ?
- कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु
- २१ दिनभित्र रकम पाउने सम्झौता भएपनि अझै पाएनन् उखु किसानले बाँकी रकम