


कोरोनाको कारण १२ जिल्लाबाट कैदीबन्दी ल्याउन रोक


-
-
बैशाख २७ गते, २०७७ - १८:२६

चितवन । यहाँस्थित कारागार कार्यालयले बाह्य जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको समयमा कारागारभित्र पनि रोगको सङ्क्रमण हुनसक्ने भन्दै बाह्य जिल्लाबाट पठाइने कैदीबन्दीमा रोक लगाइएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
यस कारागारमा देशका बिभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरेर पठाउने गरिन्छ । विशेष गरी क्यान्सर रोगका बिरामीलाई यहाँ स्थानान्तरण गर्ने गरिन्छ । योसँगै नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दी र मकवानपुरमा महिला बन्दीगृह नहुँदा महिला बन्दी यहाँ पठाउने गरिन्छ ।
अहिले कार्यालयले नवलपुरलाई पत्र नै पठाएर त्रास बढेका कारण कैदीबन्दी नपठाउन अनुरोध गरेको उनले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा बाह्य जिल्लाबाट आएका कैदीबन्दीबाट असुरक्षित हुनसक्ने देखिएपछि नल्याउन भनिएको हो ।
कोरोना सङ्क्रमणको त्रास बढेसँगै सरकारले गरेको लकडाउनका समयमा मात्रै कार्यालयमा ३९ कैदीबन्दी थपिएका छन् । तीमध्ये मकवानपुरका दुई जना, नवलपुरका १२ र चितवनका २५ जना रहेका छन् । मकवानपुरबाट आउने कैदीबन्दी नगन्य सङ्ख्यामा हुने भएकाले सो जिल्लालाई मौखिकरुपमा मात्रै आग्रह गरिएको उनको भनाइ थियो ।
अहिले कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५८ जना, नाबालक तीन र २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६७४ कैदीबन्दी रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...आम्दानीको स्रोत भैँसीपालन
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु
दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...

प्रतिकृया लेख्नुहोस्:
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
- काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
- भरतपुरको सिटीहल र छ लेन सडकको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने