


सामाजिक दूरी कायम राखी हेटौँडाका ३० उद्योग सञ्चालनमा


-
-
बैशाख २७ गते, २०७७ - १८:१४

हेटोँडा । हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् ।
अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित भएर उत्पादन गरिरहेको बताइएको छ । कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका व्यवस्थापन कार्यालयका व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।
उनले भने, “हामीले उद्योगलाई सुरक्षा विधि अपनाएर सञ्चालन गर्न भनेका छौँ तर कच्चा पदार्थ, बजार र ढुवानीलगायतका समस्याका कारण सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” जनशक्तिको पनि अभाव रहेको व्यवस्थापक कँडेलको भनाइ छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्याग सञ्चालनमा कठिनाइ हुने उनले बताए ।
उनका अनुसार औद्योगिक क्षेत्रमा रहेका १४९ उद्योगमध्ये १०८ मात्र चालू अवस्थामा रहेका भए पनि १५ मात्र अत्यावश्यक सामग्री उत्पादन गर्ने कारणले बन्द नभएका र हाल थप १५ उद्योग सञ्चालनमा आएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ
लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको...६ महिनाको अवधिमा १८ अर्ब ३ करोड राजस्व सङ्कलन
विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन...अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...
