Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ । एउटै वडामा २३ र नजीकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ । पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंँ लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई सम्मान
नेपालगञ्जका कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नागरिकस्तरबाट सम्मान गरिएको छ । खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा एक हप्ता कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई नेपालगञ्जमा फूलमालाले स्वागत गरिनाका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

एकहप्तासम्म सङ्क्रमित बिरामीको सेवामा रहेर नेपालगञ्जस्थित सेल्फ क्वारेन्टाइनका लागि होटलमा फर्किएका स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वागत तथा सम्मान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधासम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिँदै आएको छ । त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरि काममा फर्किने गरेका छन् । उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत रुपमा सहयोग गर्दै आएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा रहेर दिनरात खटिएका स्वास्थ्यकर्मीलाई भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीलगायतले स्वागत तथा सम्मान गरेको हो । कोरोना बिशेष आइसोलेशन अस्पताल खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट उनीहरुलाई फूलमाला वर्षाइएको थियो ।

भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्माले काम सकेर फर्किएका स्वास्थ्यकर्मीलाई गरिएको स्वागतसम्मानले समग्र स्वास्थ्यकर्मीको मनोबल उच्च भएकोे बताए ।

नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएका २४ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले तयार गरेको कोरोना विशेष आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ । अस्पतालमा सरकारी मापदण्डानुसार विविध स्वास्थ्य उपकरणसहित भेन्टिलेशन जडान गरिएका आइसोलेशन कक्ष उपचारका लागि बिरामीमैत्री रहेको नर्सिङ अधिकृत शर्माले जानकारी दिए ।

औषधिजन्य सामग्रीको अवैध कारोवार बढ्दै
पश्चिम नेपालमा औषधिजन्य सामग्रीमा कालोबजारी तथा अवैध कारोवार बढ्दै गएको छ । औषधि पसलको दर्ता तथा नियमन गर्ने निकाय औषधि व्यवस्था विभागको नेपालगञ्जस्थित कार्यालयमा दक्ष जनशक्ति र स्रोत साधनका अभावमा नियमित अनुगमन हुन नसक्दा औषधिजन्य सामग्रीमा कालोबजारी र अवैध कारोवारी बढ्दै गएको पाइएको छ ।

औषधि व्यवस्था विभागको नेपालगञ्जस्थित कार्यालयको प्रदेश ५ का छ, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला ९साविकको मध्य तथा सुदूरपश्चिम० का २५ जिल्लामा कार्यक्षेत्र रहेको छ । विभाग नेपालगञ्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित चार जना मात्रै रहेको कार्यालयका निरीक्षक सुरज गौतम बताउछन् ।

उनका अनुसार विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि छ । नेपालगञ्ज कार्यालयमा २५ जिल्लाका चार हजार छ५३ औषधि पसल दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन । विसं २०७३ असार १ गतेदेखि औषधि पसलको दर्ता तथा नवीकरण अनलाइन प्रक्रियामा लगेकाका कारण पसल वैध वा अवैध भन्ने यकिन गर्न सजिलो भएको निरीक्षक गौतम बताउछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies