


भोकमरी हुन नदिन खाद्यान्न भण्डारण


-
-
बैशाख २७ गते, २०७७ - १३:१३

बझाङ । मुलुकभर लकडाउन जारी रहँदा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ । लकडाउनको अवधि लम्बिन सक्ने हुँदा सो गाउँपालिकाले खाद्यान्न खरिद गरी गोदाममा राख्नुपरेको गाउँपालिकाले बताएको छ । सो गाउँपालिकाको भामचौर, भैरवनाथ, रायल र बाँजका उच्च पहाडी गाउँबस्तीमा खाद्यान्न अभाव हुने भएकाले लकडाउनले कामकाज गर्न नपाएर यी गाउँबस्तीमा खाद्यान्न समस्या हुनसक्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा विपन्न गरिब परिवारलाई खाद्यान्न वितरण गरेको सो गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरिएको हो । नौ वडा रहेको सो गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य रहेको अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए।
प्रदेश सरकारले लकडाउनको बेला दैनिक ज्यालादारीमा काम गरी खाने र अति विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि गाउँपालिकालाई २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उनले प्रदेश सरकारबाट आएको थप तीन लाखसहित पालिकाको पाँच लाख रूपैयाँ गरी जम्मा ३३ लाख रूपैयाँ बराबर खर्चको जोहो गरेको बताए ।
गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ भने अहिले पुनः खाद्यान्न सकिएका घरपरिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको छ । गाउँपालिकाले आफ्नै कार्यालयको सभाहलमा ३०० क्विन्टल चामल, ६० क्विन्टल दाल, ११५ क्विन्टल नुनसहित ३३६ कार्टुन खाने तेल खाद्यान्न भण्डारण गरेर राखेको छ ।
अध्यक्ष भण्डारीका अनुसार सो पालिकामा सामान्यतया खाद्यान्न अभाव हुने गरेको थियो । लकडाउनको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै रहनु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न मौज्दात गरेको उनले बताएका छन् ।
गाउँपालिकाभित्रका टोल बस्तीमा पनि बिहान–बेलुका दुई–दुई घण्टा खाद्यान्न पसल खुलाउने व्यवस्था गरेको छ । केदारस्युँ गाउँपालिकामा बागथला र गर्जेपानी गरी दुईवटा क्वारेन्टाइन स्थलमा २३ जना रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने
- काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
- राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी