Khabar Dabali Logo
  January 19, Tue

रुपन्देहीको तिलोत्तमामा आइसोलेशन सेन्टर तयार

रुपन्देही । तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । केन्द्रका लागि एकएक चिकित्सक नर्स नियुक्त गरिएको छ ।
बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा सेन्टर निर्माण गरिएको स्वास्थ्यचौकी इञ्चार्ज केशव भट्टराईले बताए । दश शय्याको सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनले बताउनुभयो । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

केन्द्रम बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिए । नगरपालिकाले आफ्नै स्रोतमा दुई चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ । दश स्वास्थ्य संस्थामा झण्डै ८० कर्मचारी कार्यरत छन् ।

बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डा पाठकले बताए । उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेट्रोन र कोरोना फोकल पर्सन डा सुदर्शन थापाको सुझावका आधारमा काम भइरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले कोरोनाका कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गका लागि तेस्रो चरणको राहत वितरण गरिसकेको छ ।

बैशाख २७ गते, २०७७ - १२:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

लहान । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण...   

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   

लेकसाइडस्थित बैदाम प्रहरीमा पहिलोपल्ट महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

कास्की । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको...   

दार्चुलामा तरकारी उत्पादन बढ्दो

दार्चुला । दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार,...   

संसद विघटन मुद्दाः संवैधानिक इजलासमा आजको बहस सुरू

काठमाडौं । संसद विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस...   

ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...   

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन...   

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न...   

ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार, कठ्याङ्ग्रिएर चार जनाको मृत्यु

धनुषा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही...   

पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ । साेमबार रातिदेखि लागू...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top