Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

प्रदेश नं २ मा कोरोना विशेष अस्पताल सञ्चालनमा

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पुर्याउन यहाँको नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ । ५० श्ययाको सो विशेष अस्पतालमा आठ श्ययामा आइसीयूको व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सञ्चालित लेभल–१को सो कोरोना अस्पतालबाट सिफारिस गरिएका मध्यम, जटिल र अतिजटिल बिरामीको सो विशेष अस्पतालमा उपचार हुने उनले जानकारी दिए । सो विशेष अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

यसका साथै विशेष अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको नीतिअनुरुप पर्साको पोखरिया–४ स्थित अस्पतालमा आठ श्ययाको आइसोलेसनकक्ष पनि सञ्चालनमा आएको छ ।

यसैबीच प्रदेश नं २ को कोरोना सङ्क्रमणबाट बढी प्रभावित वीरगञ्जको छपकैयामा आज र आइतबार गरी दुई थप जनशक्तिका साथै स्वाबको नमूना सङ्कलन कार्यमा तीव्रता ल्याइने छ । वीरगञ्जको वडा नं १, २ र ३ लाई स्थानीय प्रशासनले ‘सिल’ गरी कन्टयाक्ट ट्रेसिङ र स्वाबको नमूना सङ्कलन कार्य जारी राखेको छ ।

सो स्थानका एकै परिवारका १७ जनामा कोरोना भाइरस भेटिएपछि ती परिवारको आसपासका १८ परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी स्वाबको नमूना सङ्कलन कार्यलाई प्रमुखताका साथ अगाडि बढाइएको हो । सो क्षेत्रमा स्वाब सङ्कलन कार्यमा तीव्रता ल्याउन स्वास्थ्य मन्त्रालयका ‘भाइरल ट्रान्सपोर्ट मिडियम’ (भिटीएम) सहितको जनशक्तिका साथै प्रदेश सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मीका टोली, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पथलैया, नारायण अस्पतालका साथै पर्साका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सो कार्यमा जुटेका छन् ।

सिल गरिएका सो क्षेत्रमा शुक्रबार २६२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो भने अहिलेसम्म तीन हजार १७३ को सो कार्य गरिएको छ । सोमध्ये अहिलेसम्ममा दुई हजार ३९३ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५० जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म ३० कोरोना सङ्क्रमित भएका छन् । दुई जना उपचार गराइ घर फर्केका छन् । २८ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies