


अमेरिकी उपराष्ट्रपतिकी मुख्य सहयोगी कोरोनाभाइरस सङ्क्रमित


-
-
बैशाख २७ गते, २०७७ - ११:१७

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो।
उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ।
ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन ूहरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेकोू कार्यालयले जनाएको छ।
अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या शुक्रवारसम्म ७६ हजार नाघेको छ।
अमेरिकाका कतिपय राज्यहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन हटाउन अब शुरू गर्दैछन्।
शुक्रवार वाशिङ्गटन डीसीमा जहाज रोकिरहेको ठाउँबाट उपराष्ट्रपति पेन्सको टोलीका ६ जना सदस्यलाई अचानक विमानबाट ओर्लिन लगाइएको थियो। उनी आएवामा धार्मिक नेताहरूसँग भेटघाट गर्न जाँदै थिए।
परिचय नखुलाइएका स्रोतले जनाएअनुसार ती कर्मचारीहरू उपराष्ट्रपति पेन्सकी प्रेस सहयोगी मिलरसँग सम्पर्कमा थिए। केटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी स्टेफन मिलरकी श्रीमती हुन्।
ह्वाइट हाउसमा रिपब्लिकनहरूसँगको एउटा बैठकमा राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई भने, ‘केटी एक असल महिला हुन्।’
‘उनी लामो समयदेखि परीक्षणहरूमा खरो उत्रिएकी थिइन् र अहिले आएर कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ देखियो।’
राष्ट्रपति कार्यालयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप फैलिन सक्ने सम्भावनाबारे संवाददाताहरूले प्रश्न गर्दा ट्रम्पले भने, ‘तपाईँले गर्न सक्ने भनेको सावधानीका उपायहरू अवलम्बन गर्ने हो र तपाईँले गर्न सक्नेमा उत्कृष्ट कुरा गर्नुपर्छ।’
यसअघि शुक्रवार ट्रम्पले आफूले मास्क लगाउन थालेको फक्स न्यूजलाई बताएका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन
काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित
सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...

प्रतिकृया लेख्नुहोस्:
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
- बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
- चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
- रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
- राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन