Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी आमालाई निकालेर जर्बजस्ती घरमा

लुम्बिनी । समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन् । नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो ।

उनको स्वास्थ्य जाँच नगरिकनै वडाध्यक्षले जर्बस्ती घर लगेको उक्त क्वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए । उनले भने, ‘वडाध्यक्षज्यूहरुले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो । ’ क्वारेन्टाइनमा अहिले २८ जना छन् । ती सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली छ ।

क्वारेन्टाइनबाट जर्बजस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँं बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए । उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ । क्वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन । ’

क्वारेन्टाइनमा आएकाहरु सबैको रिर्पोट नेगिटभ आएको छ । क्वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन ।’ मर्चवार क्षेत्र भारतसँंग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो । उक्त क्षेत्रबाट मानिसहरु राति नेपाल प्रवेश गरिरहेको गुनासो छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies