


चीनमा एक लाखभन्दा बढी व्यक्ति वातावरणीय अपराधमा दोषी ठहर


-
-
बैशाख २६ गते, २०७७ - २२:४७

बेइजिङ । चिनियाँ अदालतहरूले २०१९ मा दर्ता भएका ३६ हजार ७३३ वातावरणीय आपराधिक मुद्दाहरुको फैसला गरेको छ । फैसलामा मुद्दा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेका एक लाख १४ हजार ६३३ व्यक्तिलाई दोषी ठहर गरिएको सर्वोच्च जनअदालत (एसपीसी)द्वारा शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले बढी हो ।
गत वर्ष वातावरण अपराधसम्बन्धी ३९ हजार ९५७ मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५०.९ प्रतिशतले बढी हो ।
देशभरका जनअदालतले तीमुद्दाको पहिलो सुनुवाईबाट नै फैसला सुनाएको हो । बाँकी अन्य मुद्दामा थप सुनुवाई आवश्यक रहेकाले तत्काल फैसला नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
वातावरणीय आपराधिक मुद्दालाई सुनुवाई गरेको यो जनअदालतले चौथो पटक हो । अदालतले भनेको छ कि प्रशासनले पर्यावरणीय वातावरणको समयमै पुनःस्थापनाको सुनिश्चितता गर्न विशेष रकमसहित आवश्यक अन्य व्यवस्थापन गर्नेछ । यसका लागि सम्बन्धित संयन्त्रमा सुधार गर्ने र पर्यावरणीय क्षेत्रको सुरक्षाका लागि प्रभावकारी काम गर्ने अदालतले बताएको छ ।
एसपीसीले एकै दिनमा वातावरणीय अपराधका ४० विशिष्ट आपराधिक मुद्दाहरूलाई जारी सार्वजनिक गरेको छ भने ती मुद्दा वातावरणीय प्रदूषण नियन्त्रण तथा अन्त्य, पर्यावरणीय संरक्षण साथै स्रोतहरूको विकास र उपयोगसहित प्रमुख पाँच वर्गमा समेटिएका बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह