Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दुई तिहाईको सरकार दुई कौडीको छैन् : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले वर्तमान सरकार दुई तिहाई बहुमतको सरकार नभएर दुई कोडीको पनि नभएको टिप्पणी गरेका छन् । संसद्को छैठौं अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा बोल्दै महतोले सरकारले कुर्सीको लडाईं गर्न मात्र सिपालु भएको आरोप लगाए ।

वर्तमान सरकारले जनताको पक्षमा काम नगरेको उनको आरोप छ । ‘जनता महामारीबाट पीडित छ, खान पाएको छैन, स्वास्थ्यकर्मीले सामग्री पाएको छैन,’ महतोले भने, ‘सरकार अर्कै धन्दामा लागेको छ । पार्टी फोर्ने, सांसद चोर्ने धन्दा के हो ? यसले जनताको पीडा कम हुन्छ ? अपहरणकारीलाई कारवाही गरिदेऊ भनेर जाँदा जाहेरी नलिने ! यो हुकुमी शासन कहिले आयो ?’

उनले सरकार अर्काको पार्टी फुटाउने धन्दामा लागेको आरोप लगाए । ‘अपहरण गर्ने धन्दामा सरकार लाग्यो । कुर्सी जोगाउने धन्दामा सरकार लागेको छ,’ उनले भने, ‘जनतासँग सरोकार राख्नुपर्दैन ? यस्तै संकट परेको बेलामा जनताले सरकारबाट सुरक्षा खोजेको हुन्छ । यो संकटको बेलामा पनि सरकारको काम नदेखिएपछि के काम ?’

सांसद महतोले शक्तिशाली देश अमेरिका र अस्ट्रेलियाजस्ता देशहरु समेत कोरोनाको महामारीमा निरीह बनेको भन्दै नेपालजस्तो देशले पूर्वतयारी गर्नुपर्ने बताए।

‘महामारीबाट जनतालाई जोगाउ भन्ने मेरो एउटा मात्रै माग हो’, उनले भने, ‘हाम्रा लाखौँ जनता विदेशमा छन्, संकटको बेला उसको रोजगारी खोसिएको छ, ऊ नेपाल फर्कन चाहन्छ। यो अवस्थामा सरकारले के गरिरहेको छ ? सरकारले योजना बनाउनु पर्दन, आफ्नोृ मातृभूमि पनि फर्कंन नपाउने ?’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies