


लकडाउनसँगै तपाईंको सवारी साधनको इञ्जिन लक भएको त छैन ?


-
-
बैशाख २६ गते, २०७७ - १४:३०

चितवन । लकडाउनमा सबै घरमा ‘लक’ हुनुभएको छ । यो सँगै आफ्ना सवारी पनि घरमै थन्किएका छन् । तर थन्किएका सवारीलाई समय समयमा सञ्चालन(स्टार्ट) नगर्दा सवारीको इञ्जिन पनि लक हुने सम्भावना हुन्छ ।
विज्ञहरुले कम्तीमा हप्तामा एकपटक १० देखि १५ मिनेट सवारीलाई स्टार्ट गरेर राख्न सुझाव दिएका छन् ।
देशभरका तराई, भित्री मधेश र पहाडी बजार क्षेत्रमा अधिकांश घरमा दुई वा चार पाङ्ग्रे सवारी साधन छन् । यसका अतिरिक्त उद्योग, कलकारखाना, प्रतिष्ठान, निर्माण कम्पनीमा यतिबेला सवारी साधन थन्किएर बसेका छन् । अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा आएका छैनन् । ती सवारीको ख्याल नगर्दा ठूलो नोक्सान हुने विज्ञहरु बताउँछन् ।
सडक विभागका मेकानिकल इञ्जिनीयर जितेन्द्र सिंह हप्तामा एकपटक १० देखि १५ मिनेट सवारी साधन स्टाट गर्नुपर्ने बताउछन्। उनले भने, “समय समयमा स्टाट गर्दा ब्याट्री डिस्चार्ज हुँदैन, मोबिलको गुण हराएर जाँदैन, इन्धन पम्प, एयर फिल्टर, इन्धन फिल्टरमा खराबी आउँदैन ।”
लामो समय स्टार्ट नगरी राख्दा ब्याट्रीसहित इञ्जिनमा क्षति हुने उनको भनाइ छ । उनले भने, “लामो समय सवारी साधन थन्किँदा इञ्जिनको भल्वमा कार्बन जम्ने, सवारी स्टार्ट गर्न गाह्रो हुने, स्टाट भए पनि लाइनरमा दाग बसेर क्षमता कमजोर हुन्छ ।” यसले इञ्जिन प्रभावित बनाएर पुनः मर्मत गर्नुपर्ने र ब्याट्री काम नलाग्ने अवस्थामा पु¥याउने उनले बताए ।
घरमा लकडाउनमा बसिरहँदा आफ्नो सवारीको ख्याल गर्न सुझाव दिँदै उनले समय समयमा स्टाट गर्न र सरसफाइमा ध्यान दिन पनि आग्रह गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...जनताका घरदैलामा जान थापाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै
काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...
