Khabar Dabali Logo
  January 24, Sun

भाइरसविरुद्धको लडाइँ जित्न मानवीय सेवामा जुटौँ : मृख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् ।

विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय सेवामा जुटिरहेका रेडक्रस अभियन्तालगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङलले सन्देशमा रेडक्रसका आधारभूत सिद्धान्तहरुमा मानवता र मानवीय सेवा पहिलो रहेकाले महामारीविरुद्धको यस लडाइँमा जुटिरहँदा मानवता र मानवीय सेवाको महत्वलाई अझ गहिराइमा पुगेर बुझेको र आत्मसात गरेको महसुुस भएकोे उल्लेख गरेका छन् । सन्देशमा उहाँले रेडक्रसजस्तो विशुद्ध मानवीय कार्यमा समर्पित संस्थाका संस्थापक जाँ हेनरी ड्युनालगायत रेडक्रस अभियानका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो ठाउँबाट निष्ठापूर्वक मानव जातिको मुक्ति र सेवामा अविचलित लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सन्देशमा उहाँले उच्च सम्मान प्रकट गरेका छन् । मानवीय सेवा र सहायता, मानव जीवन र स्वास्थ्यको रक्षाजस्ता उद्देश्यका साथ सन् १८६३ मा स्थापना गरिएको रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको जन्म दिन मे ८ लाई विश्वभर रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ ।

बैशाख २६ गते, २०७७ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...   

पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...   

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...   

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...   

भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...   

संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...   

विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...   

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...   
तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top