Khabar Dabali Logo
  January 28, Thu

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघ्यो भने १ हजार ८८६ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८८६ जना पुगेको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजा ५३९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ३७ हजार ९१६ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १८ हजार १२० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ९८० जना विरामी छन्।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

बैशाख २६ गते, २०७७ - १२:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्लामा हुने सबै घरेलु हिंसामा मिलापत्र

जिल्लामा हुने सबै घरेलु हिंसामा मिलापत्र

चितवन । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय...   

सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार

काठमाडौँ । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको...   

श्रीमतीलाई बञ्चरो प्रहार गर्ने ४४ वर्षीय शेरबहादुर पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय...   

अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत...   

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...   

राँगोले हान्दा ७२ वर्षीय वृद्धको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी...   

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...   

३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला

मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...   
ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ

ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ

झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...   
सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन

सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top