Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

हेलम्बुमा लामो रअग्लो झोलुङ्गे पुल बन्दै

मेलम्ची । पर्यटकीय क्षेत्र हेलम्बुमा ३७० मिटर लम्बाइको झोलुङ्गे पुल बन्ने भएको छ । यसका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक प्रक्रिया अघि बढाएको छ ।

मेलम्ची खोलामाथि हजार फिट अर्थात् करिब १८० मिटर उचाइमा बन्ने उक्त पुल आवत जावत मात्र होइन पर्यटका लागि पनि आकर्षित हुने स्थानीयवासीको भनाइ छ ।

सो गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार सो पुल नेपालकै लामो र उच्च स्थानमा रहेका पुलमध्येको एक हो । पुलको लागत अनुमान गर्न प्राविधिकले आनाकानी गरेपछि विशेषज्ञको सहयोग लिएको उनले जानकारी दिए । “स्थानीय तहले बनाउन धेरै लागत लाग्ने भएपछि प्रदेश सरकारलाई अनुरोध गरेको उनले बताए ।”

मेलम्ची खानेपानीको मुहानभन्दा माथि सर्कथली भन्ने स्थानबाट तल्लो भागमा पर्ने उक्त पुल निर्माणका लागि करिव रु तीन करोड ५० लाख खर्च हुने अनुमान छ । सो गाउँपालिकाका सबइन्जिनीयर शेरबहादुर राईका अनुसार पुलको डिपिआर गाउँपालिका र पुलका अनुभवी डा नरेन्द्रलाल जोशीले तयार पारेका हुन ।

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेकाले विकास निर्माणको काममा बाधा पुगेका छ । त्यसैले सो स्थानमा बन्न लागेको पुल पनि जनशक्ति र सामान अभावले गर्दा ढिला हुने जिल्ला डिभिजनल इन्जिनीयर राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलको काम असोजसम्ममा सक्ने लक्ष्य लिइएको छ ।

पर्यटकका लागि हेलम्बु राजधानीबाट सबैभन्दा नजिक र पुरानो टे«किङ मार्ग हो । मेलम्ची मुहान नजिकै बन्ने भएकाले आन्तरिक पर्यटक पनि उक्त पुल हेर्न जान सक्ने छन् । पुल निर्माणपछि सिन्धुपाल्चोक जिल्लाकोे सबैभन्दा उचाइ र सबैभन्दा लामो हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।

यातायातको सुविधा भएपछि पछिल्लो समय घुम्नका लागि हेलम्बु जानेहरु बढ्दै गएका छन् । मेलम्ची मुहान हेर्न पनि आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । उक्त पुलबाट हेलम्बुको पर्यटकीय केन्द्रहरु तार्केघ्याङ उत्तर र मेलम्चीघ्याङ दक्षिणपूर्वमा पर्छ । पुल निर्माणपछि बन्जी हान्नका लागिसमेत उपयुक्त हुने उनले बताए । सो पुल निर्माणपछि हेलम्बुका पर्यटकीयस्थल मिलेरेप्पा, नाकोते, घ्वागाङ, रिबाल्मालगायत बस्तीमा पुग्न सजिलो हुने सो गाउँपालिकाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies