Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

दार्चुला । असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताए ।

“अन्नबालीसँगै तरकारीमा समेत क्षति पु¥याएको छ । पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली सखाप भयो”, उनले भने, “एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले झन् बढी क्षति पु¥यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आएको छ ।”

“अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्र्याउन सकिएको छैन । पाकेको गुहँ, जौ पुनः पानीले हरियो देखिन थालेको छ”, अपिहिमालका स्थानीय प्रेमसिंह कार्कीले भने । भित्र्याइएको खेतीसमेत नोक्सानी हुने भएको छ । बुधबार साँझ आएको असिनापानीले सबैभन्दा बढी नौगाड गाउँपालिकामा क्षति गरेको छ । नौगाड गाउँपालिका वडा नं ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ । नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्कअनुसार कृषि पकेट क्षेत्र रहेको वडा नं ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ ।

असिनापानीले दार्चुलाका अधिकांश भागमा पाक्न लागेको अन्नबालीमा क्षति पु¥याएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । भित्र्याउने समयमा भएको क्षतिका कारण किसानको सबै मेहेनत खेर गएको उनले बताए । वडा नं २ र ३ मा बढी खेतीबाली नोक्सानी भएको छ । गाउँपालिकाले शुक्रबारसम्म क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने तयारी गरेको अध्यक्ष धामीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले पनि ४८ घण्टाभित्रै क्षतिको विवरण माग गरेको छ । सोहीअनुसार गाउँपालिकाले सबै कर्मचारी परिचालन गरी हरेक बस्तीबाट क्षतिको यकिन विवरण सङ्कलन गरिने अध्यक्ष धामीको भनाइ छ । यस्तै मालिकार्जुन गाउँपालिका–१ न्वालपानी, व्यासको वडा नं २ राप्ला र वडा नं ३ सिना क्षेत्रमा समेत असिनापानीले क्षति पु¥याएको जनाइएको छ । योपटक असिनापानी बढी आउँदा किसान निरास भएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies