


सुदुरपश्चिममा जनस्तरबाट लकडाउन व्यापक उल्लङ्घन, कोरोना सङ्क्रमणको चिन्ता


-
-
बैशाख २६ गते, २०७७ - ०९:१५

घोडाघोडी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन नभए पनि पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।
लकडाउन कार्यान्वयन गराउन प्रहरी दिनरात खटिए पनि त्यसले प्रभावकारिता लिन नसकेको सामाजिक अगुवाहरू बताउँछन् । कैलालीको घोडाघोडी नगरपालिका–८ का सामाजिक अगुवा तथा शिक्षाविद् शिवप्रसाद ढकाल लकडाउन जनताकै लागि हो भन्ने कुरा जनताले नबुझ्नु दुःखद् भएको बताउछन्। “लकडाउनको पूर्णपालना गराउन प्रहरी कठोर बन्नुपर्ने अवस्थामा खेतीकिसानीको समय भएकाले पनि प्रहरी पनि अलि लचक बन्नुपर्ने अवस्था आएको देखियो”, ढकालले भने, “बिहान र साँझपख भीड धेरै नै बढ्न थालेपछि सङ्क्रमणको चिन्ता थपिएको छ ।”
लकडाउनको शुरुआती समयमा प्रहरीको व्यापक सक्रियता तथा जनस्तरमा रहेको त्रासका कारण लकडाउन कार्यान्वयनले सफलता पाएको भए पनि पछिल्लो समय लापरवाही व्यापकरूपमा बढ्न थालेको गौरीगङ्गा नगरपालिका उपप्रमुख अञ्चला चौधरीले बताए । आफूहरू प्रहरीसँग सहकार्य गरेर लकडाउन कार्यान्वयन गराउने काममा निरन्तर लागिपरेको भएता पनि पछिल्लो समय जनस्तरबाटै लापरवाही बढेको चौधरीले बताए ।
लकडाउनमा पनि बजारमा सामान किन्न मानिस समूह बनाएर आउने गरेकाले जोखिम बढेको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरी बताउछन् । साना–साना बच्चा काखमा च्यापेर महिला न्यूनतम सुरक्षासमेत नअपनाइ हिँडिरहेको पाइएपछि आफूहरूले सतर्कता अपनाउँदै घरमै बसिदिन आग्रह गर्ने गरेको उनको भनाइ छ । गाउँघरमा नाम कहलिएका भद्रभलाद्मीहरूबाट लकडाउनको बढी उल्लङ्घन बढेकाले थप चुनौती बढेको चौधरीको गुनासो छ ।
युवा तथा वयस्कहरूले बिहान मर्निङवाक र बेलुका घुमफिर गर्ने गर्दा जोखिम बढ्दै गएको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले बताए । बिनामास्क, पञ्जालगायत जोखिम न्यूनीकरणका उपायसमेत नअपनाइ मोटरसाइकलमा हिँड्नेलाई कारवाही गर्न प्रहरीलाई भनेको भएता पनि विभिन्न चोरीका बाटो हिँड्ने गरेका कारण समस्या र चिन्ता थपिएको चौधरीले बताए। विश्वभर कोरोनाको त्रास छ तर हामीकहाँ यति धेरै लापरवाही बढिरहेको देख्दा चिन्ता थपिएको चौधरीको भनाइ छ । लकडाउन उल्लङ्घन गर्नेलाई पटक–पटक सम्झाउँदा पनि नभएको चौधरी बताउछन् । महामारीविरुद्ध सरकारले गरेको लकडाउन जनताले आफ्नै लागि हो भन्ने बुझ्न नसक्नु दुर्भाग्य भएको उहाँको भनाइ छ ।
कैलालीमा लकडाउनको उल्लङ्घन गर्ने एक हजार ७०० भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको तथा ६०० बढीलाई निगरानीमा राख्नुका साथै १४ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। लकडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन बढाउनुका साथै लकडाउन उल्लङ्घन गर्नेमाथि विभिन्न किसिमका कारवाही गरिँदासमेत केही ठाउँमा विभिन्न बहानामा लकडाउन उल्लङ्घन बढेको प्रति प्रहरी सचेत रहेको र प्रहरी परिचालन बढाउँदै लकडाउन कार्यान्वयनमा लागेको बस्नेतले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच...पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा...शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि...कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनबिरुद्ध थप आन्दोलन...निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने
काठमाडौं । नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने...विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश
काठमाडौं । राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार...इञ्जिनीयरलाई अब परीक्षा लिएर मात्र इजाजत दिने
काठमाडौँ । नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई...उपत्यकामा १७ सहित देशभरि ६२ अस्पतालमा काेराेना खोप दिइदै, प्रधानमन्त्रीले शुभारम्भ गर्ने
काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको...प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको...लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले...

प्रतिकृया लेख्नुहोस्:
- घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल