Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संक्रमितको संख्या बढ्दै तर परीक्षण घटाउँदै सरकार

काठमाडौं । देशभर १५ वटा पिसिआर उपकरणमार्फत कोभिडको परीक्षण भइरहेको छ । तर, आवश्यक साधन नहुँदा परीक्षण घटिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् ।

कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर ९पत्र० भएको खोलभित्र बसेको हुन्छ । खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो ।

राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ ।

तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् । सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय, नारायणी अस्पतालमा दुई सय र कोसी अस्पताल विराटनगरमा ५० किट आरएनए बाँकी छ ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि दुई दिन पुग्ने किट बाँकी रहेको जनाएको छ ।
किट अभावका कारण पिसिआर परीक्षण पनि घटेको छ । दैनिक एक हजारदेखि १५ सयसम्म हुँदै आएको पिसिआर परीक्षण हाल दुई सयको हाराहारीमा झरेको छ । बिहीबार भने चार सय १५ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सहयोगी संस्थाहरूले पिसिआर रिएजेन्ट दिएको, तर आरएनए किट नदिएका कारण समस्या भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । सरकारले ओम्नी समूहमार्फत किनेका १० हजार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग भएका तीन हजार र राष्ट्रिय क्षयरोग केन्द्र र केही निजी प्रयोगशालाले सहयोग गरेका आरएनए किटबाट हालसम्म परीक्षण हुँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले स्वीट्जरल्यान्ड र जर्मनी सरकारले सहयोग गरेका आरएनए किट बिहीबार आइपुगेकाले तत्कालै समस्या समाधान हुने बताए ।

उनका अनुसार स्वीट्जरल्यान्डले ३० हजार आरएनए किट र ३० हजार पिसिआर रिएजेन्ट तथा जर्मनीले चार हजार आरएनए किट सहयोग गरेको छ । ‘मन्त्रालयले अभाव भएका ठाउँमा तत्काल आरएनए एक्स्ट्राक्सन किट पठाउँछ,’ उनले भने ।

डा। पोखरेलले सेनाले समयमै स्वास्थ्य सामग्री ल्याउन नसकेका कारण पनि समस्या भएको बताए । सेनाले २६ हजार आरएनए किट ल्याउनुपर्नेछ । मंगलबारसम्म ल्याइसक्नुपर्ने भए पनि सेनाले अहिलेसम्म ल्याउन सकेको छैन । स्वास्थ्य मन्त्रालयले गरेको खरिद प्रक्रियामा विवाद भएपछि सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री खरिद गर्ने र त्यसको समन्वय सेनाले गर्ने निर्णय गरेको थियो ।

आरएनए किटको मुख्य बजार भारत हो । तर, अहिले उसले आरएनए किट निर्यातमा पूर्ण रूपमा रोक लगाएको मन्त्रालयको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले बताए । ‘सहयोग गर्नेहरूले पनि पिसिआर रिएजेन्ट दिए, तर आरएनए एक्स्ट्राक्सन किट दिन सकेनन्, त्यसैले पनि समस्या देखियो । चाँडै व्यवस्थापन हुन्छ,’ उनले भने ।

महाशाखाले १५ हजार आरएनए किट, १५ हजार पिसिआर रिएजेन्ट र २५ हजार भिटिएम खरिदका लागि गरेको टेन्डर आँखु इन्टरप्राइजेज प्रालिले पाएको छ । उसले अबको १५ दिनभित्र सामग्री ल्याइसक्नु पर्छ । तर, विश्वव्यापी अभाव भएकाले समयमा ल्याउन सक्ने आधार नदेखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार नेपालमा हरेक वर्ष दुई हजार पाँच सयदेखि तीन हजारसम्म आरएनए किट खपत हुँदै आएको थियो । यसको म्याद एक वर्ष हुने भएकाले यसको खपत पनि नेपालमा न्यून छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबारसम्म पिसिआर प्रविधिमार्फत १४ हजार पाँच सय ११ जनाको नमुना परीक्षण गरिएको छ । तर, प्रदेशहरूले उपलब्ध गराएको तथ्यांकअनुसार १२ हजार ६ सय ६१ मात्रै परिक्षण भएको छ ।

मन्त्रालयले भने जिल्लागत बिस्तृत विवरण आउन बाँकी रहेकाले प्रदेशको तथ्याँक कम देखिएको जनाएको छ । हाल देशभर १७ हजार तीन सय ७२ जना क्वारेन्टाइनमा र एक सय ३३ जना आइसोलेसनमा छन् । सम्भावित कोरोनाको जोखिममा तीन सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies