Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अनलाइन कक्षा पढ्न डाँडा र चौर धाउँदै विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभाग प्रथम सेमेस्टरका विद्यार्थी आकाश रिजाल शैक्षिक संस्था बन्द भएपछि आफ्नै घर पर्वतको फलेवास नगरपालिका–९ भँगरा फर्किए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लकडाउन थपिँदै जाँदा अनलाइन कक्षा सुरु भएको छ । फोनमा कुरा गर्नसमेत समस्या हुने भँगरामा मोबाइल डाटा नचलेपछि रिजाल अनलाइन कक्षामा सहभागी हुन वाइफाईको खोजी गर्दै दैनिक तीन घण्टाभन्दा बढी हिँडेर वडा कार्यालय आवतजावत गरिरहेका छन् । ‘वडा कार्यालयमा राहत बाँड्ने र मानिसको भिड बढेको छ, अब त त्यहाँ गएर पनि पढ्न पाइँदैन जस्तो लाग्छ,’ उनले भने ।

काठमाडौंमा बसेर पब्लिक युथ क्याम्पसमा एमबिएस सुरु गरेका दोलखा भीमेश्वर नगरपालिका–४ जिलुका जीवनकुमार मगराती पैसा सकिएर लकडाउन एक महिना पुगेपछि घर फर्किए ।

मोबाइलबाट डाटा प्रयोग गरेर अनलाइन कक्षा लिने योजना बनाएका मगराती घरमा डाटाले काम नगरेपछि आधा घण्टा हिँडेर मंगलबार घरमाथिको डाँडामा पुगे ।

आफूले पढेको विद्यालयमा वाइफाई भएको थाहा पाएर अनलाइन कक्षामा सहभागिता जनाउन खोजेका मगराती त्यहाँ पनि वाइफाई र डाटाले समेत काम नगरेपछि निराश थिए । ‘काठमाडौंमा पैसा सकिएकाले बस्न समस्या भयो, गाउँमा आएर पढ्न समस्या भयो,’ उनले भने ।

काठमाडौंमा मास्टर्स डिग्रीमा अध्ययनरत सागर श्रेष्ठको पनि अवस्था उस्तै छ । यतिवेला आफ्नो घर गोरखाको पालुङटार–८ बिरुवाटार पुगेका श्रेष्ठ अनलाइन कक्षा सुरु हुन थालेपछि घरनजिकैको चौरमा पुग्छन् । ‘घर बाहिर चौरमा निस्कँदा पनि कहिले डाटा चल्छ त कहिले चल्दैन,’ श्रेष्ठले भने, ‘चौरमा उभिएर पढ्दा अरू मानिस पनि हुन्छन्, यसले अप्ठ्यारो हुने रहेछ ।’

यी त उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका प्रतिनिधि घटना मात्र हुन् । विश्वविद्यालय र क्याम्पसले सञ्चालन गरेका मास्टर्स र त्यो भन्दा माथिको अनलाइन पठनपाठनमा यस्तै धेरै समस्या विद्यार्थीले भोग्नुपरेको छ । कतिपय विद्यार्थीले अनलाइनमा जोडिने प्रयास गरे पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी त्यसको पहुँचमा छैनन् ।

अझ तलका कक्षामा झनै समस्या छ । त्रिवि साथै काठमाडौं र अरू विश्वविद्यालयले पनि अनलाइन कक्षा सुरु गरेका छन् । सीमित कोटा निर्धारण गरेर सञ्चालन भएका बाहेक स्नातक तहका कार्यक्रममा पाँचदेखि १० प्रतिशतको मात्र उपस्थिति छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार बाल विकासदेखि कक्षा १२ सम्म ८१ लाख ८८ हजार, सिटिइभिटीको प्रमाणपत्र र डिप्लोमा तहमा ७५ हजार र उच्च शिक्षामा तीन लाख ७१ हजार विद्यार्थी छन् ।

शंकरदेव क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य पहिलेदेखि वाइफाई, ल्यापटप आवश्यक भएका विषयका विद्यार्थीलाई अनलाइन कक्षामा समस्या नभए पनि अरू विषय पढ्न र पढाउन समस्या भएको बताउँछन् ।

डाटा प्रयोग गरेर सञ्चालन भएका कक्षामा पनि समस्या भएको उनले बताए । विद्यार्थी अनलाइनबाट पढेर सिक्नेभन्दा पनि पहुँचमा पुग्नका लागि खेतबारी र डाँडाकाँडा दौडधुप गर्नुपर्ने समस्यामा रहेको उनको भनाइ छ ।

पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले अनलाइन कक्षा प्रभावकारी बनाउन धेरै प्रयास गरे पनि समस्या भएको बताए । ‘विद्यार्थीलाई इन्टरनेटको पहुँच नहुँदा अनलाइन आउनै समस्या छ, अनलाइनमा आएका पनि भरपर्दो सेवा नहुँदा कतै राम्रोसँग नसुन्ने, घरबाट बाहिर निस्कनुपर्नेलगायत समस्याले प्रभावकारी हुन सकेको छैन,’ उनले भने ।

त्रिविका कतिपय क्याम्पसले मास्टर्स डिग्रीकै कक्षा पनि सुरु गर्न सकेका छैनन् । त्रिविका केही केन्द्रीय विभागले आधा विद्यार्थी सम्पर्कमा नआएपछि अनलाइनबाट अनौपचारिक कक्षा मात्र सञ्चालन गरेका छन् । लकडाउनपछि मात्र अनलाइनको तयारी भएकाले अध्ययनका लागि विद्यार्थीले तयारी गर्न नपाएको उनको भनाइ छ ।

टावर र विद्युत् आपूर्तिमै समस्या

एकातिर टेलिकमको नेटवर्कमा पहुँच नहुनु र अर्कोतर्फ विद्युत् आपूर्तिमा गडबडी हुँदा समस्या भइरहेको छ । त्रिविका प्रा।डा।निरञ्जन पराजुलीले टावर र विद्युत् गइरहने समस्याले अनलाइन पठनपाठनमा समस्या भएको बताए ।

‘अनलाइन कक्षा अहिलेको आवश्यकता हो, तर कक्षामा जोडिएका विद्यार्थी समस्यामा छन् । मेरो कक्षामा सहभागी हुने विद्यार्थीमा टावर नहुँदा र विद्युत् गइरहने समस्याले सुदूरपश्चिमका विद्यार्थी धेरै पीडामा छन्,’ उनले भने, ‘कक्षा सुरु भएपछि विद्युत् आपूर्तिको गडबडीले जोडिने र छुट्ने क्रम चलिरहन्छ ।’ समाजशास्त्रमा एमफिल गरिसकेका कञ्चनपुर कृष्णनगर नगरपालिका–३ का शेरबहादुर विष्टले हावाहुरी आउँदा पनि अनलाइन पठनपाठन प्रभावित हुने बताए ।

विद्यार्थी मात्र होइन, शिक्षक पनि उत्तिकै पीडामा छन् । अनलाइन कक्षा सञ्चालन गरिरहेको समयमा लाइन जाने, इन्टनेटको गति सुस्त भएर सञ्चालन गर्न सक्ने अवस्था छैन । ‘हामीले पहिलेदेखि घरमा प्रयोग गर्दै आएको इन्टरनेटले कक्षा सञ्चालन गरेका छौँ, कहिले लाइन जाने कहिले नेट स्लो भएर पाँच पटक अन–अफ गर्नुपर्ने बाध्यता छ,’ त्रिविका एक शिक्षकले भने ।

समस्यामा परेका विद्यार्थीलाई पैसा पठाएर कक्षा सञ्चालन

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले एमफिल अध्ययनरत समस्यामा परेका विद्यार्थीलाई डाटा किन्न रकम पठाएर कक्षा सञ्चालन गरेको छ ।

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख डा। टीकाराम गौतमले वाइफाई नभएका, मोबाइल रिचार्ज गरेर डाटा चलाउन समस्या भएका विद्यार्थीलाई अनलाइनमा पढ्न सक्ने गरी एमफिल कार्यक्रमबाट सहयोग गरेको जानकारी दिए ।

एमफिलमा अध्ययनरत २५ मध्ये समस्यामा परेका चारजनालाई सहयोग गरेर विभागले शतप्रतिशत विद्यार्थी सहभागी गराएर पठनपाठन सञ्चालन गरेको छ । लकडाउनका कारण रिचार्ज समेत नपाएर समस्यामा परेको वेलामा केन्द्रीय विभागले सहयोग गरेर पढ्न पाएकामा खुसी लागेको एमफिलका विद्यार्थी शेरबहादुर विष्टले बताए ।

अहिले कञ्चनपुरको कृष्णनगर नगरपालिका–३ मा बसिरहेका विष्टले भने, ‘वाइफाई सुविधा छैन, मोबाइलबाट डाटा चलाएर पढ्न महँगो पर्ने भएकाले समस्या छ, रिचार्ज नपाएको वेला विभागले पैसा पठाई दिएकाले पढ्न पाएकोमा खुसी लागेको छ ।’

त्रिविले निर्देशनबाहेक अरू सहयोग नगरेको क्याम्पस प्रमुखको गुनासो

आंगिक क्याम्पस प्रमुखहरू अनलाइन कक्षा अहिलेको आवश्यकता भए पनि व्यवस्थित बनाउन त्रिविका पदाधिकारीले निर्देशनबाहेक अरू सहयोग नगरेको बताउँछन् । अहिले व्यवस्थित गर्न सके अरू संकटका वेला पनि काम लाग्न सक्ने उनीहरूको भनाइ छ ।

राजधानीको एक आंगिक क्याम्पसका प्रमुखले भने, ‘अनलाइन कक्षा सञ्चालन गर्न भनिसकेपछि शिक्षकलाई तालिम दिनुपर्ने र जसरी विद्यार्थीलाई अनलाइन पठनपाठनमा ल्याउन त्रिवि पदाधिकारीले भूमिका खेल्नुपथ्र्यो त्यो देखिएन ।’ समेट्न नसकिएका विद्यार्थीलाई कसरी व्यवस्थित गर्ने भन्ने दिशानिर्देश हुुनुपर्ने भए पनि त्यो नभएको गुनासो छ ।

विद्यालय तहमा अनलाइन : मध्यम र निम्न परिवारलाई समस्या

यतिवेला केही निजी विद्यालयले समेत विद्यालय तहमा अनलाइन कक्षा सुरु गरेका छन् । अधिकांश साना निजी विद्यालयले सुरु नै गर्न सकेका छैनन्, तर ठूला भनिएका विद्यालयले सुरु गरे पनि प्रभावकारी छैन ।

मध्यम र निम्न वर्गका अभिभावक समस्यामा परेका छन् । एउटा मात्र ल्यापटप वा मोबाइल भएका र दुईजना छोराछोरी भएका अभिभावक समस्यामा पर्ने गरेका हुन् ।

इन्टरनेट सुविधा नभएकालाई मात्र समस्या भएको छैन, एउटा मात्र साधन र दुई वा त्योभन्दा बढी छोराछोरी भएका अभिभावकलाई एकै पटक अनलाइन कक्षा सुरु हुँदा समस्या छ । अनलाइन भर्ना र अनलाइन पठनपाठनको नाममा शुल्क असुल्ने बाटो मात्र गरेको भन्दै शिक्षा मन्त्रालयसम्म गुनासो पुगेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइनमा पढाएको भन्दै बैंकमार्फत शुल्क मागेको गुनासो आएपछि नयाँ भर्ना नगर्न र बैंकमार्फत शुल्क बुझाउन लगाउने काम बन्द गर्न सचेत गराएको बताए ।

अनलाइन पठनपाठनले तनाव बढेको अभिभावकको गुनासो

नियमित पठनपाठनमा लागेका विद्यार्थीलाई समेत अनलाइनका नाममा तनाव मात्र बढेको अभिभावकको गुनासो छ । हात्तीवनस्थित लिटिल एन्जेन्स स्कुलले केही दिनअघिदेखि अनलाइन कक्षा सुरु गरेको छ ।

तर, अनलाइन कक्षाको कुनै उपलब्धि नदेखिएको अभिभावक चन्द्र हतुवालीले बताए । ‘मेरा छोरीहरूले आफ्नो हिसाबले अध्ययन गरिरहेका थिए, स्कुलले अनलाइन सुरु गर्ने भनेपछिआफ्नो अध्ययन छाडेर स्कुलको अनलाइन पर्खिंदा समय गएको छ,’ उनले भने, ‘स्कुलको हल्ला बढी, व्यवस्थापन कमजोर छ, टाइममा सुरु हुँदैन, भए पनि त्यसको खासै रिजल्ट छैन, बच्चाले झनै दुःख पाए, तनाव बढ्यो ।’ अनलाइन शिक्षा समयसापेक्ष भए पनि व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ ।

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई काउन्सिलिङ

केही निजी विद्यालयले अनलाइन कक्षाको ‘हल्ला’ गरे पनि सरकारी विद्यालयमा भने अनलाइन पठनपाठन सम्भव छैन । केही कक्षाको अनलाइन पठनपाठन सुरु गरेका सरकारी विद्यालयसमेत बन्द गर्ने अवस्थामा पुगेका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि अनलाइन कक्षा सुरु गरेको थियो । कक्षा ११ र १२ मा २५ प्रतिशत सहभागी गराउन सके पनि भर्खरै ९ कक्षा पास गरेर १० पदोन्नति भएका विद्यार्थीलाई अनलाइन पढाउन प्रयास गर्दा बढीमा १५ प्रतिशत मात्र सहभागी हुन सकेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

‘कक्षा १० मा दुई सय ८४ विद्यार्थी छन्, अनलाइनमा बढी आएका दिन ६४ जना मात्र भए,’ कँडेलले भने, ‘अनलाइन पढाइ सुरु भएको भन्ने भएपछि पढ्न नपाएका विद्यार्थीलाई हामी फेल भइने भयो, कक्षा छुट्यो, हामी पछि पर्‍यौँ, अब के हुने हो भनेर मनोवैज्ञानिक असर परेछ, धेरै अभिभावकले फोन गरेर समस्या बताएपछि अनलाइन आउन नसकेका विद्यार्थीलाई फोन र एसएमएसमार्फत काउन्सिलिङ र्गयौँ ।’

विद्यार्थीलाई फोन गरेर परिचयात्मक कक्षा मात्र भएको र नआत्तिन भनेको उनले बताए । ‘१० कक्षाभन्दा तलकोलाई सक्दैनौँ, आफ्नो ठाउँमा सम्भव भएमा मिडियामार्फत सञ्चालन भएका कक्षा सुन्न आग्रह गरेका छौँ,’ उनले भने ।

अनलाइन कक्षा राष्ट्रियस्तरमा सञ्चालन गर्न कठिन छ : महानिर्देशक थपलिया

अनलाइन कक्षाका लागि सिकाइ व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रियस्तरबाट प्रभावकारी बनाउन कठिन हुने मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा।तुलसीप्रसाद थपलिया बताउँछन् ।

क्षमता र सम्भव भएका शैक्षिक संस्थाले अनलाइन कक्षा सुरु गरेर पढ्न नसक्नेलाई पनि सम्बोधन गर्दै जानुपर्ने उनको भनाइ छ । ‘अनलाइनका लागि विद्यार्थी मोटिभेटेड र पूर्वाधार चाहिन्छ, धेरै कुराले सपोर्ट गर्नुपर्छ,’ थपलियाले भने ।

अनलाइन कक्षा जागरणका रूपमा आउनु राम्रो भएको उनले बताए । केन्द्रले वेब पोर्टलमा कक्षा १–१० सम्मका विद्यार्थीका लागि सामग्री राखेको र रेडियो र टेलिभिजनबाट समेत सिकाउने तयारी गरेको थपलियाले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies