


बुद्धजयन्तीको अवसरमा रक्तदान


-
-
बैशाख २५ गते, २०७७ - २२:४८

चिप्लेढुङ्गा । पोखराको नदीपुरस्थित धर्मशिला बुद्ध विहारअन्तर्गत युवाबौद्ध सङ्घले २५६४औँ बुद्धजयन्ती अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रकत सङ्कलन भएको छ ।
सङ्घले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक अनन्तराज आचार्यले जानकारी दिए ।
विगत वर्षमा विभिन्न कार्यक्रम गर्दै आएको बौद्धसङ्घले कोरोना सङ्क्रमणबाट सिर्जित अवस्थालाई ध्यान दिँदै यो वर्ष रक्तदान कार्यक्रमलाई मात्रै निरन्तरता दिएको सङ्घका अध्यक्ष सुदीप प्रधानाङ्गले जानकारी दिए । साथै उनले आज बिहान करिब एक हजार जनालाई भोजन वितरण गरेको जानकारी दिए ।
यसअघि सङ्घले यही वैशाख १५ गतेदेखि एक दिन बिराएर ४०० जनालाई भोजन वितरण गर्दै आएको थियो भने धर्मशिला बुद्ध बिहारका तर्फबाट वडा नं ३ लाई रु ५५ हजार ५०५ सहयोग गरेको थियो । क्तदान कार्यक्रममा वडा नं ३ का अध्यक्ष रविन्सन प्रजुले वर्तमान अवस्था अनुकुल नभए पनि प्रतिकूलतामा अनुकूलता खोजेर आफ्नो धर्म संस्कार संस्कृतिको उत्थान गर्नु पर्ने बताए । बिहारका दायक सभाअध्यक्ष गोविन्द ताम्राकारले कोरोना सङ्क्रमणको विषम परिस्थितिमा भीडभाडलाई ध्यान दिदैँ विहान ७ः०० बजे भिक्षु धज्जवन्तोमार्फत भएको विशेष पूजालाई बिहारको फेसबुक पेजबाट लाइभ गरिएको जानकारी दिए ।
भोजन वितरण एवं रक्तदान कार्यक्रमका लागि सिद्धि सेतुली स्मृति प्रतिष्ठान, इच्छामान बुद्धाचार्य (इच्छाशक्ति अटोमोबाइल प्रालिका), इनरव्हिल क्लब अफ पोखरा मिडटाउन, मिलीजुली बुहारी समूह, बौद्ध उपासिका सङ्घ, भौमचा ग्रुपलगायतले आर्थिक सहयोग गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
