Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नेपाली सेनाले हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै

काठमाडौ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै कूल ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने गरी आवश्यक प्रक्रिया मिलाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको काम आजदेखि चीनको ग्वान्जाओमा शुरु भएको छ । नेपाली सेनाले कोभिड–१९ को सक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री स्थल तथा हवाई गरी दुवै मार्गबाट ल्याउने व्यवस्था मिलाएको छ ।

प्रवक्ता पाण्डेका अनुसार चीनको ग्वान्जाओमा भन्सार प्रक्रियाका लागि लेबलिङको कार्य शुरु भएको छ । आवश्यक कागजात प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले आज प्रमाणीकरणको काम शुरु भएको जानकारी दिए । चीन सरकारले गत अप्रिल १० देखि मेडिकल सामग्री निर्यात गर्नुपूर्व भन्सारबाट ‘लेबलिङ र सर्टिफिकेशन’ प्रक्रियालाई थप कडाइ गरेको छ ।

सेनालाई चीनबाट प्राप्त विवरणअनुसार सो प्रक्रिया पूरा गर्न तीनदेखि पाँच दिन लाग्न सक्ने बुझिएको छ । नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट बेइजिङस्थित सैनिक सहचारी तथा नेपाली सेनाका प्रधानसेनापतिबाट आआफ्नो माध्यमबाट भन्सार प्रक्रिया यथाशिघ्र गरिदिन अनुरोध गरिएको छ ।

भन्सारको प्रक्रिया सम्पन्न हुने वित्तिकै नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले दुई वटा उडान गरी ३७ मेट्रिक टन सामान ल्याउने गरी योजना बनाइएको छ । हाल मित्रराष्ट्र चीनबाट दिइने सुविधामा हवाई ढुवानीको वास्तविक मिति तय हुने सेनाले जनाएको छ । “हामीलाई तयारी सकियो भन्ने जानकारी प्राप्त हुने वित्तिकै हवाई जहाज उडाउने गरी तम्तयारी हालतमा राखिएको छ” प्रवक्ता पाण्डेले भने ।

नेपालतर्फ हिँडे केही कन्टेनर

यस्तै चीनको ग्वान्जाओबाट स्थलमार्ग हुँदै २४० क्यूबिक मिटर सामान नेपालतर्फ आइरहेको जानकारी प्राप्त भएको छ । स्थलमार्गबाट बुधबार १३० क्यूबिक मिटर र यही वैशाख २२ गते ११० क्यूबिक मिटर सामग्री पनि नेपालतर्फ आउँदै गरेको जानकारी प्राप्त भएको छ । यस्तै ३०० क्यूबिक मिटर स्वास्थ्य सामग्री आजै नेपालतर्फ आउने तयारी गरिएको छ ।

चीनको ग्वान्जाओमा छिमेकी मित्र राष्ट्र चीनमा अन्तरराष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सामग्री ल्याउन केही दिन ढिलाई भएको हो । चीनमा मे १–५ तारिखसम्म सार्वजनिक बिदा दिइएको थियो । सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले केही दिन थप समय लागेको हो ।

सेनाले स्वास्थ्य सामग्री खरिदका लागि सरकारी– सरकारी तह (जिटुजि) मा प्रक्रिया अगाडि बढाएको थियो । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याउने गरी व्यवस्था मिलाइएको हो ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । हवाई मार्गबाट कूल ३७ टन सामान आयात गरिने र बाँकी रहेका ३०५ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ । ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ ।

सेनाले केही दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।

कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ ।

चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । त्यस्तै भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies