


कीटनाशक झोलको प्रयोग : असावधानीले निम्त्याउला जोखिम, सतहलाई डिस–इन्फेक्ट गर्न सकिने !


-
-
बैशाख २५ गते, २०७७ - १८:०७

काठमाडौं । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न क्षेत्रमा किटनाशक झोल छर्कने ९स्प्रे गर्ने० गरिएको छ । चिकित्सकले यस्तो झोलले मानव स्वास्थ्यमा असर गर्न सक्नेतर्फ सचेत गराइए पनि स्प्रे गर्ने क्रम रोकिएको छैन । त्यसमा होसियारीसमेत अपनाउनु सकिएको देखिँदैन । मानिसको शरीरमै स्प्रे गरिएका दृष्य विभिन्न सामाजिक सञ्जालमा देखिएको छ । धेरैजसो क्षेत्रमा सेनिटाइजेशन टनेल नै बनाएर स्प्रे गरिएको छ । कतिपय ठाउँमा मानव शरीरमा नै खुलमखुला स्प्रे गरिएको छ । चिकित्सकले भने यस्तो स्प्रे मानव स्वास्थ्यका लागि नै हानिकारक हुन सक्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
नेपाल चिकित्सक सङ्का उपाध्यक्ष अनिलविक्रम कार्की भन्छन्, “यस्ता किटनाषक झोल मानिसको आँखा, मुख, छालामा पर्यो भने चिलाउने, फोका आउने बिबिरा आउने हुनसक्छ, आँखामा पर्दा ज्योतिमा नै समस्या आउन सक्छ, किटनाशक झोल मावन शरीरमा छ्याप्नु हुन्न ।”
सामाजिक सञ्जाल र मिडियामा यसको नकारात्मक असरबारे प्रचारप्रसार हुन थालेपछि कतिपय स्थानमा स्प्रे गर्न बन्द पनि भयो । तर यो क्रम पूर्णतः रोकिएको छैन । काठमाडौँ छिर्ने नाका नागढुङ्गामा ठुलो टनेल बनाएर गाडीलाई नै स्प्रे गरिन्छ । तर यसले मानिसलाई नभई सवारीसाधनलाई मात्रै स्प्रे गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा डिस–इन्फेक्सन गर्ने नाममा किटनाशक झोल मानिस र सवारी साधनमा छरेको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मानिसको शरीरमा भाइरस हुने भएकाले बाहिरी आवरणमा स्प्रे गर्दैमा भाइरस मर्ने भन्ने हुँदैन । यस्ता झोल सङ्क्रमण भएको क्षेत्रमा मात्रै प्रयोग गर्ने हो । हाल प्रयोगमा ल्याइएको सोडिएम हाईड्रोक्लोराईड लगायतका केमिकलले भाइरस मार्ने नभई राम्ररी प्रयोग गर्न नजान्दा मानिसको स्वास्थ्यमा नै असर पर्न सक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउछन् । उनले सही तरिकाले प्रयोग नगर्दा स्वास–प्रश्वासमा पनि समस्या आउन सक्ने उल्लेख गरे।
शरीरमा भाइरस प्रवेश गरिसकेपछि बाहिर छरेर केही नहुने चिकित्सकले बताएका छन् । कोभिड–१९ को विश्वव्यापि महामारीसँगै नेपालमा पनि दैनिक रुपमा देखा परिरहेको छ । हालसम्म ९९ जनामा रोगको सङ्क्रमण देखिसकेको छ ।
सतहलाई डिस–इन्फेक्ट गर्न सकिने
यस्तो किटनाशक झोल तोकेको मात्रा पु¥याएर भूँई, सतह तथा सवारीसाधन, कुनै चिजवस्तु तथा प्याकिङ गरिएका सामग्रीमा स्प्रे गर्दा भने निसङ्क्रमण गर्न सकिन्छ । तर भाइरस रोक्ने भन्ने नहुने डा देवकोटाले बताउनुभयो । मन्त्रालयलका अनुसार कोभिड–१९ बाट जोगिन सबैभन्दा सरल र महत्वपूर्ण उपाए भनेको २० सेकेण्ड मिचिमिचि हात धुने हो । त्यस्तै सामाजिक दूरी कायम गर्ने र लकडाउनलाई पालना गर्दा रोगसँग बच्न सकिन्छ । नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासका माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट सर्दछ ।
नयाँ प्रजातिको भाइरस पहिले मानव जातिमा पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्छ । भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । रुघाखोकी ज्वरो देखिएका बिरामीले भने सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । अहिलेसम्म विश्वमा रोगको उपचार विधि पत्ता लागिनसकेको अवस्थामा झोल छर्केर सङ्क्रमण निको हुन्छ भन्नु चाहि गलत हुने चिकित्सकले बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु
जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...

प्रतिकृया लेख्नुहोस्:
- निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
- प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
- नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
- प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बस्दै, आन्दोलन थप सशक्त बनाउने योजना
- अझै तीन दिन मौसम बदली, आंशिकदेखि सामान्य बर्षाको सम्भावना
- म निर्वाचन तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन दिन्न : मन्त्री ढकाल
- २४ घण्टामा थप ४०३ जनामा कोरोना, ६ जनाको मृत्यु
- मुलुकको विपद् व्यवस्थापनमा अब ‘स्वयंसेवक परिचालन’