Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वैशाख महिनामा भन्सार कार्यालयमा राजश्व संकलन शून्य

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ । चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिए।

लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि रु ८८ लाख र बन्दाबन्दीपछि जम्मा रु सात लाख मात्र राजश्व संकलन भएको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कुल रु १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म रु ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ ।

उद्योग कलकारखाना प्रभावित
बन्दाबन्दीका कारण पश्चिम नवलपरासीमा अधिकांश उद्योग कलकारखाना प्रभावित भएका छन् । कामदार र आवश्यक कच्चा पदार्थको अभावमा उद्योगधन्दा प्रभावित भएका हुन् । जिल्लामा साना, मम्झौला र ठूला उद्योग गरी सबै प्रकारका उद्योगधन्दा बन्द हुँदा व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको छ ।

जिल्लामा बन्दाबन्दीबाट निजी क्षेत्र पनि निकै प्रभावित बनेको छ । सरकारले निजी क्षेत्रलाई बैंकको व्याज छुटलगायत विशेष प्याकेज व्यवस्थापन गर्नुपर्ने संघका अध्यक्ष केशवप्रसाद भण्डारी बताउनुहुन्छ । जिल्लामा खाद्यान्नबाहेक अन्य सिमेन्ट र स्टिल उद्योग केही सीमित सञ्चालनमा रहे पनि त्यसबाहेकका अधिकांश उद्योग बन्द छन् । पश्चिम नवलपरासीमा सात ठला, ३६ मम्झौला र ८० घरेलु तथा साना उद्योग व्यवसाय छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies