Khabar Dabali Logo
  January 18, Mon

लकडाउनको सदुपयोग : भूकम्पपीडितका घर ठडिए, घरबारविहीनलाई बनाइदिए गाउँलेले घर

गलेश्वर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्पपीडितले घर निर्माण गरेका छन् ।

विसं २०७२ को महाभूकम्पबाट प्रभावित बेनी नगरपालिका–२ बगरफाँटका ६ जना व्यक्तिले लकडाउन समयको सदुपयोग गरी निजी घर निर्माण गरेका हुन् । बेनी नगरपालिका–२ बगरफाँटका नरबहादुर कार्की, गोविन्दप्रसाद शर्मा, भीमबहादुर कार्की, धनबहादुर कार्की, धु्रवप्रसाद शर्मा र बेदप्रसाद उपाध्यायले जिल्ला आयोजना कार्यान्वय इकाइ पुनःनिर्माण प्राधिकरणको मापदण्डअनुसारका घर निर्माण गरेका हुन् ।

प्राधिकरण म्याग्दीका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार म्याग्दी जिल्लामा पछिल्लो समय भूकम्प प्रभावितको निजी आवास निर्माणको कामले तीव्रता पाएको छ । भूकम्पबाट प्रभावितमध्ये म्याग्दीमा ८८४ र छुट तथा पुनःसर्वेक्षणबाट १८० गरी कूल एक हजार ६४ जना लाभग्राही रहेका छन् । २०७२ सालको सर्वेक्षणबाट देखिएका ८८४ लाभग्राहीमध्ये हालसम्म ५१५ लाभग्राहीले घर निर्माण गरेर तेस्रो किस्ता रकम बुझिसकेका छन् । त्यसैगरी ५८४ जनाले दोस्रो र ८०१ जनाले पहिलो किस्ता लिएका छन् ।

छुट तथा पुनःसर्वेक्षणबाट देखिएका १८० भूकम्पपीडितमध्ये हालसम्म १४० जनाको सम्झौता भएर आएको र उनीहरुको आवास निर्माणको प्रक्रिया लकडाउन खुलेपछि शुरु हुने आयोजना प्रमुख रिजालले बताए । प्रमुख रिजालका अनुसार म्याग्दीमा हालसम्म निजी आवस पुनःनिर्माणको ६४ प्रतिशत प्रगति भएको छ ।

घरबारविहीनलाई गाउँलेले बनाइदिए घर

त्यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको खड्कामारेका घरबारविहीन श्रीप्रसाद खत्रीलाई लकडाउन समयको सदुपयोग गरी स्थानीयवासीले घर बनाइदिएका छन् ।

लकडाउनको सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीयवासी व्यस्त छन् । आफन्तले उपलब्ध गराएको जग्गामा तीनकोठे चिटिक्कको घर बनाउने अभियानको संयोजन गरेका खत्रीले स्थानीय सरकारदेखि आफन्त, साथीभाइलाई सहयोग जुटाइरहेको बताए।

“लकडाउनको समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको छु, श्रमदानसमेत गरेर घरवारविहीनको घर बनाउँदैछौँ”, उनले भने । लकडाउनको फुर्सदमा कुनै काम गर्ने योजना बनाइरहेको अवस्थामा एउटा मानवीय र परोपकारी कार्यमा समय दिन पाएको उनको भनाइ छ । “केहीदिनमै घर ठडिन्छ, लकडाउनले सिर्जनात्मक काम गर्नेलाई असर गरेको छैन”, उनले भने । श्रीप्रसादलाई घर बनाउन उनका आफन्तले जग्गा दिने, ब्लक खरिदमा समेत सघाइरहेका छन् भने गाउँपालिकाले २० थान जस्तापाता सहयोग गरेको छ ।

घर बनाउन अझै केही आर्थिक आवश्यकता रहेको खत्रीको भनाइ छ । चारजनाको परिवारलाई भान्सा कोठासहितको घर बनाउने अभियानमा स्थानीय युवाले समेत सघाइरहेका छन् । घर बनाउन करिब रु चार लाख खर्च हुने अनुमान गरिएको बताउँदै अभियानमा सहयोग गर्ने सम्पूर्णलाई संयोजक खत्रीले धन्यवाद दिएका छन् ।

बैशाख २५ गते, २०७७ - १७:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

काठमाडौं । नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । ७६ वर्षका...   

प्रतिनिधिसभा विघटन मुद्दाः आज पनि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आइतार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा...   

मोरङमा निर्वाचनको तयारी

विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय...   

आगामी चुनाव गर्न ८ अर्ब बढी खर्च लाग्ने

काठमाडौं । आगामी बैशाखमा निर्वाचन गराउन आठ अर्ब बढी खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ। आइतबार...   

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा...   

सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार...   

प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...   

सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...   

अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top