


प्रधानमन्त्री मोदीद्धारा कोराेनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा


-
-
बैशाख २५ गते, २०७७ - १६:३८

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गरेका छन्। उनले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेको बताएको हो ।
उनले स्वास्थ्यकर्मीहरुले भगवान गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताए । भगवान गौतम बुद्ध जयन्तीका अवसरमा आज दिएको सन्देशमा उनले सो कुरा बताएको हो ।
यसअघि पनि उनले कोरोना भाइरसका विरुद्धमा संघर्ष गरिरहेका भारतका स्वास्थ्यकर्मीहरुका साथमा समग्र भारतीय नागरिक र विश्व नै रहेको र उनीहरु एक्लो नभएको बताएका थिए ।
भारतमा लकडाउन जारी नै रहेको छ भने त्यहाँ दिन प्रतिदिन ठूलो संख्याका संक्रमितहरु थपिँदै गएका छन् । यस्तो अवस्थामा आज गौतमबुद्ध पूर्णिमाको अवसरमा उनले सबै भारतीय जनता स्वास्थ्यकर्मीहरुको साथमा रहेका बताएको हो ।
उनले ती स्वास्थ्यकर्मीहरुका साथमा सबै भारतीय रहेका बताउँदै भनेका छन्– कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन । यो महामारीका विरुद्धमा संसार नै छ ।
भगवान गौतम बुद्ध बलिदानको उच्चतम विन्दुको नाम हो भन्दै आज विश्वले नै उनलाई सेवा र बलिदानका पर्यायका रुपमा हेरिरहेको धारणा पनि राखे।
आफ्नो दृढ इच्छाशक्तिका माध्यमबाट गौतम बुद्धले विश्वमा परिवर्तन ल्याएको र विश्वलाई नै शान्तिको मार्गमा हिँडाउन उच्चतम प्रयास गरेको सो सम्बोधनका क्रममा उनले बताएका छन् ।
उहाँले कोभिड १९ का विरुद्धमा लडिरहेका विश्वकै स्वास्थ्यकर्मी तथा सबैको प्रसंशा गर्नुभयो । प्रधानमन्त्री मोदीले यो कुनै एक देश वा क्षेत्रको नभएर विश्वकै शत्रुका रुपमा देखापरिरहेको भन्दै यसका विरुद्ध लड्न विश्व नै एकताबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए ।
्उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखे।
सबै नागरिक घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सन्देशमा राखेका छन् ।
उनले सो सन्देशमा यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म भारत सरकारका निर्णयलाई साथ दिँदै सबैजना घरमै बस्न पनि उनले आग्रह गरे ।
प्रधानमन्त्री मोदीले अहिले अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै यो महामारीबाट विश्व नै मुक्त हुने र अध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह