


संघीय संसदका २०३ सांसदसहित ४३३ को स्वाब संकलन


-
-
बैशाख २५ गते, २०७७ - १५:३३

काठमाडौं । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नअघि सांसदहरुको कोरोनाभाइरस (कोभिड–१९)को परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ ।
बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।
प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।
संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् ।
राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेबस्ने गरी दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश