


कोरोना त्रास : संसद भवनमा चश्मादेखि कलम र डायरीसँगै औषधी पनि लैजान नपाईने


-
-
बैशाख २५ गते, २०७७ - १४:१०

काठमाडौं । काेराेना संक्रमणकाे जाेखिमका बीच शुक्रबारबाट संसदको बर्खे अधिवेशन सुरु हुँदैछ। कोरोना भाइरसको संक्रमणको जोखिमकै बीच सरकारले बर्खे अधिवेशन आह्वान गरेको हो।
कोरोना भाइरसको संक्रमणको जोखिमकै बीच गरिएकाे अधिवेशनमा प्रवेश गर्नेकाे लागि भने विशेष नियम बनाइएकाे छ । संसद भवन प्रवेश गर्ने जो कोहीले पनि चश्मादेखि कलम, डायरीसँगै छाता लट्ठी, झोला, पावर बैंक, सिक्का पैसासमेत लैजान पाउने छैनन्।
संसद सचिवालयले जारी गरेकाे सूचनामा विशिष्ट व्यक्तिहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु र पत्रकारहरु प्रवेश गर्नेद्धारबाट छाता, लट्ठी, झोला, ब्रिफकेस, पावर बैंक, इयरफोन, पेनड्राइभ, चार्जर, चाबी, डायरी, कलम, हातहतियार, सूतीजन्य पदार्थ, चकलेट चुइगम, पानीको बोतल, चस्मा, औषधी, धातुजन्य पदार्थ एवं सिक्का पैसा आदि लैजान निषेध गरेको छ।चस्मा र औषधिसमेत निषेध गरिएकाले दृष्टि कमजोर भएका र नियमित औषधि खानेहरु पनि मर्कामा पर्ने देखिएको छ ।
त्यस्तै दर्शक दीर्घातर्फबाट पनि ती बस्तुहरु लैजान निशेध गरिएको संसद सचिवालयले जनाएको छ।बैठक सञ्चालन अघि कोरोना भाइरसको परिक्षणको लागि आज प्रतिनिधिसभा, राष्ट्रिय सभाका सदस्य तथा संसदका कर्मचारीहरुको स्वाब संकलन पनि गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
