Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विषाक्त ग्यास चुहावट हुँदा भारतको विशाखापटनममा ८ जनाको मृत्यु, ५ हजारभन्दा बढी अस्वस्थ

काठमाडाैं । भारतको विशाखापटनममा विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिहिबार बिहान भएकाे यस घटनाबाट पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्यासले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्यास चुहावट भएको हो । सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।

बिहीबार बिहान करिब तीन बजेतिर एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्यास फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयबासी घरमै सुतिरहेको समयमा ग्यास फैलिएको बताइएको छ । एक्कासी श्वास फेर्न कठिनाई हुने, बान्ता हुने, आँखा पोल्ने जस्ता लक्षणसहित मानिसहरु घरबाहिर निस्कन थालेका थिए ।

सोही क्रममा कयौं मानिस सडकमै बेहोस भएर ढलेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निजी स्रोतलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानलहरुले जनाएअनुसार ५ हजारभन्दा बढी मानिस अस्वस्थ भएर विभिन्न अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

कोरोना संक्रमणका कारण अस्पतालका सेवा प्रभावित भएको अवस्थामा एक साथ पाँच हजारभन्दा बढी मानिसलाई विषाक्त ग्याससम्बन्धी बिमारीको उपचार गर्न निकै चुनौतीको सामना गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।घटनालगत्तै प्रहरीले सो क्षेत्रका पाँच गाउँ खाली गराएको छ । रातारात सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

एलजी पोलिपर्स कारखानाको करिब तीन किलोमिटर दायरामा विषाक्त ग्यास फैलिएको बताइएको छ । ग्यास कसरी चुहियो भन्नेबारे प्रष्ट भइसकेको छैन । अधिकारीहरुका अनुसार बिहीबार बिहानै ग्यास चुहावट प्रकरणमा एलजी कम्पनीविरुद्ध स्थानीय प्रशासनले मुद्दा दायर गरेको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies