


चीन र दक्षिण कोरियाको कोरोना जाँच किट परिक्षणमा फेल, पोजिटिव बिरामीलाई देखायो नेगेटिभ


-
-
बैशाख २५ गते, २०७७ - १३:३२

काठमाडौं । चीन र दक्षिण कोरियामा तयार गरिएको कोरोना परिक्षण किटको परीक्षण गर्दा नतिजा गलत भेटिएको छ । कोरोना पोजेटिभ बिरामीको परीक्षण गर्दा किटले नेगेटिभ देखाएको हो ।
भारतको केजीएमयू ल्याबमा गरिएको परीक्षणमा यस्तो रिपोर्ट आएको हो । चीन र कोरियाबाट ल्याइएको किटप्रति प्रश्न उठेसँगै ल्याबले परीक्षण गरेको थियो । करिब २५ किटको परीक्षण गर्दा सबै किटले गलत नतिजा देखाएको ल्याबले जनाएको छ ।
केजीएमयूका कुलपति प्रो. एमएलबी भट्टका अनुसार चीन र दक्षिण कोरियाबाट ल्याइएको -यापिड टेस्ट किटको परीक्षण गरिएको थियो । जाँचमा किट गलत सावित भएको छ । ल्याबले यसको सूचना इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)सहि अन्य अधिकारवाला निकायलाई पठाएको छ ।
केजीएमयूले भारतमा कोरोना जाँचमा परीक्षण हुने किटको गुणस्तरबारे यकिन गर्ने गर्दछ । ल्याबमा दैनिक १ हजार बढिको नमुना परीक्षण गर्ने गर्दछ । हालसम्म ल्याबले २५ हजार बढिको नमुना परीक्षण गरिसकेको छ ।
यसअघि पनि भारतमा चीनबाट ल्याइएको किटबारे निकै प्रश्न उठेको थियो । किटले पटक–पटकको नतिजा गलत देखाएको भन्दै ल्याइएको किट फिर्ता गर्न माग समेत उठेको थियो । एजेन्सीबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
