


स्थायी समिति बैठकबाट किन भाग्न खोज्दैछन् ओली ?


-
एनपी अर्याल
-
बैशाख २५ गते, २०७७ - १३:०४

पार्टीभित्र पछिल्ला कदमसँगै प्रधानमन्त्री ओलीको राजीनामासमेत माग गर्न थालिएको छ । उनले सचिवालय बैठकबाट तत्कालको लागि संकटलाई पार गर्न सफल भएपनि स्थायी समिति बैठकमा भने त्यो विषय गम्भिर रुपमा उठ्ने निश्चित छ । स्मरणरहोस्, ओली स्थायी समितिमा निकै कमजोर छन्, बहुसंख्यक स्थायी समिति सदस्य अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका छन् । यदि बहुसंख्यक स्थायी समिति सदस्यबाट ओलीको राजीनामा माग भए उनि संकटमा पर्ने निश्चित छ । साथै एक व्यक्ति एक पद अनिवार्य कार्यान्वयनमा ल्याउनु पर्ने कुरा सदर गराए पनि उनि निकै समस्यामा पर्दछन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अचानक स्थगित भएसँगै नेकपामा अर्को अन्यौंलता सिर्जना भएको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘प्रस्ताव तयार गर्न नसकेको र कामले थकित भएको’ भन्दै स्थायी समिति बैठक स्थगित गराएसँगै अन्यौंलता देखिएको हो । उनले बुधबार बसेको सचिवालय बैठकमा आफ्नो कुरा राखे पनि यसअघि नै निर्धारित गरिएको स्थायी समिति बैठकबारे आवश्यक निर्णय नलिई बैठकबाटै उठेर हिंडेका थिए ।
बहुमत स्थायी समिति सदस्यको मागअनुसार आयोजना भएको बैठकबारे गत २० वैशाखमा बसेको सचिवालय बैठकले मिति तय गरेको थियो । स्थायी समिति बैठकको मिति तय भएपनि बैठकमा प्रस्ताव गरिने एजेण्डाबारे भने अध्यक्षद्वयबीच कुरा नमिल्दा तय हुन सकेको थिएन । बुधबारकाे सचिवालय बैठकसँगै एजेण्डामात्रै नभई स्थायी समिति बैठक नै हुने नहुने, कहिले हुने अन्याैंल बनेकाे छ ।
किन भाग्दैछन् स्थायी समिति बैठकबाट ?
प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपि शर्मा ओली पछिल्लो विवादास्पद कदमहरुका कारण पार्टीभित्रै निकै विवादित र अलोकप्रिय बन्दै गएका छन् । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पनि उनको विरुद्वमा मोर्चाबन्दी बन्न थालेको छ । आफुँलाई एक्लाउन खोजिएको भन्दै ओलीले स्थायी समिति बैठक नबोलाउने रणनीति अघि सारेका हुन् ।
स्थायी समिति बैठकमा ‘एक व्यक्ति एक पद’को विषय गम्भिरताका साथ एजेण्डा उठाउने तयारी गरिएको छ । पार्टीको विधानमै भएको पार्टी नेतृत्व तहदेखि तल्लो तहसम्म एउटै व्यक्तिले धेरैवटा पद ओगटेको विषयमा नेताहरुले जोडतोडका साथ कुरा राख्ने तयारी थालेका छन् । ओली स्वयं प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि हुन् ।
पार्टीभित्र पछिल्ला कदमसँगै प्रधानमन्त्री ओलीको राजीनामासमेत माग गर्न थालिएको छ । उनले सचिवालय बैठकबाट तत्कालको लागि संकटलाई पार गर्न सफल भएपनि स्थायी समिति बैठकमा भने त्यो विषय गम्भिर रुपमा उठ्ने निश्चित छ । स्मरणरहोस्, ओली स्थायी समितिमा निकै कमजोर छन्, बहुसंख्यक स्थायी समिति सदस्य अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका छन् । यदि बहुसंख्यक स्थायी समिति सदस्यबाट ओलीको राजीनामा माग भए उनि संकटमा पर्ने निश्चित छ । साथै एक व्यक्ति एक पद अनिवार्य कार्यान्वयनमा ल्याउनु पर्ने कुरा सदर गराए पनि उनि निकै समस्यामा पर्दछन् ।
ओली स्वंय दोहोरो जिम्मेवारीमा मात्रै नभएर उनी निकटका अधिकांश नेताहरु दोहोरो तेहोरो जिम्मेवारीमा छन् । उनलाई साथ दिँदै आएका इश्वर पोखरेल पार्टी सचिवायल सदस्य, सरकारको उपप्रधानमन्त्री, पार्टीको स्कुल विभागलगायतका जिम्मेवारीमा छन् ।
ओली निकटका केहि नेता मुख्यमन्त्री र प्रदेश इन्चार्जसमेत छन् । मन्त्री भएकाहरु पार्टीको महत्वपूर्णं जिम्मेवारीलाई समेत ओगट्दै आएका छन् । यदि स्थायी समितिबाट ‘एक व्यक्ति एक पद’ कार्यान्वयन गराउने निर्णय भए उनि पूर्णंरुपमा संकटमा पर्दछन् । उनी निकटका धेरै नेताहरु पार्टीका महत्वपूर्णं जिम्मेवारीबाट विदा हुने परिस्थिति तयार हुन सक्छ ।
एकपछि अर्को भड्खालोमा पर्दैछन् ओली
ओलीले गत वैशाख ८ मा अपत्याशित रुपमा दुई वटा अध्यादेश (राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी)ल्याएका थिए । पार्टीलाई समेत छलेर ल्याएको दुवै अध्यादेश उनले अनौठो ढंगबाट मन्त्रिपरिषदबाट पास गराउँदै राष्ट्रपतिबाट अनुमोदन गराएका थिए ।
अध्यादेशबारे छलफल गर्न बोलाइएको सचिवालय बैठकका बीच राष्ट्रपतिबाट अचानक उक्त अध्यादेश अनुमोदन गराइएको थियो । पार्टीभित्र निकै विरोधभएसँगै निकै लामो कसरत पछि फिर्ता लिएपनि उनिमाथि भने निकै आशंकाहरु जन्मिएका छन् ।
पार्टीभित्र शक्तिशाली बन्न र आवश्यक परे पार्टी फुटाउनसमेत सक्ने गरि रणनीतिक रुपमा ल्याइएको अध्यादेशसँगै ओली एकपछि अर्को संकटतिर उन्मुख छन् । उनि सचिवालय समितिमा एक्लिएका छन् भने पार्टीका अधिकांश कमिटिबाट झनै कमजोर बन्दै गएका छन् । आफैंले बनाएको रणनीतिका कारण उनले पार्टीको महत्वपूर्णं जिम्मेवारीबाट समेत हात धुने स्थिति आएको छ । ओली क्रमिक रुपमा मनमौजी निर्णय गर्ने स्थितिबाट कमजोर बन्दै गएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- ‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
- गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
- बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु
- भारको अनुलदानमा उपलब्ध कोरोना खोप ‘कोभिशिल्ड’ कर्णालीमा पुग्यो
- आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
- शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
- चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
- नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
- गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
- केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
- निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
- प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
- ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
- प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन