Khabar Dabali Logo
  January 16, Sat

दीर्घरोगीलाई नगरपालिकाको निःशुल्क औषधि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेको छ ।

लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरभित्रका मधुमेह, उच्च रक्तचाप, बाथरोग, कलेजेका बिरामी, मिर्गौला, मुटुरोगको औषधि वितरण गरेको हो । नगरप्रमुख डम्बरबहादुर अर्यालले आज मेलम्ची–७ बाट निःशुल्क औषधि वितरण शुरु गरिएको जानकारी दिए ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको उपचार कोषमा रु दुई लाख ८७ हजार १६६ हस्तान्तरण गरेको छ । नगरभित्रका १३ वडा र कार्यदलका सदस्यबाट सो रकम सङ्कलन गरी नगरपालिकाका प्रमुख अर्याललाई हस्तान्तरण गरिएको हो । मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले सो रकम हस्तान्तरण गरेका थिए ।

शव फेला

मेलम्ची नगरपालिका–११ धितालबेँसीस्थित खोल्सामा एक पुरुषको शव फेला परेको छ । कैलाली घोडाघोडी नगरपालिका–१ घर भइ हाल मेलम्ची नगरपालिका–११ कमलबहादुर भट्टराईको घरमा भाडामा बस्दै आएका ३४ वर्षीय बिर्खबहादुर विकको शव बुधबार फेला परेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

बैशाख २५ गते, २०७७ - १०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...   

मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ

भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...   

पाइपलाइनमा समस्या छैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...   

फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल

वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...   

मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...   

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...   

रेलमार्ग विस्तारमा अवरोध

विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...   

ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...   

प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए

बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...   
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top