Khabar Dabali Logo
  January 18, Mon

चीनमाथि अमेरिकाको निरन्तर हमला : कोरोना भाइरस अमेरिकामाथि अहिलेसम्म भएका सबै हमलाभन्दा घातक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा घातक भएको बताएका छन्।

उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए।

ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए। ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ।

चीनमाथि निरन्तर हमला
उनले भने, ‘चीनमा रहेको भाइरसको मुहानै यो रोकिनुपर्थ्यो तर त्यसो भएन। ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन।

बीबीसी संवाददाता बार्बरा प्लेट अशर भन्छिन्, ‘विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोहोर्‍याएका छन्। चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ।

उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोहोर्‍याए। तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन।
चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

उसले अमेरिकामाथि भाइरसविरुद्ध प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउँदै मानिसहरूको ध्यान अन्तै मोड्न खोजिरहेको भनी प्रतिवाद गरेको छ।

अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन्।

अमेरिका काेराेना भाइरसबाट विश्वमै सबैभन्दा प्रभावित भएकाे देश हो।

बैशाख २५ गते, २०७७ - १०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

काठमाडौं । नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । ७६ वर्षका...   

प्रतिनिधिसभा विघटन मुद्दाः आज पनि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आइतार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा...   

मोरङमा निर्वाचनको तयारी

विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय...   

आगामी चुनाव गर्न ८ अर्ब बढी खर्च लाग्ने

काठमाडौं । आगामी बैशाखमा निर्वाचन गराउन आठ अर्ब बढी खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ। आइतबार...   

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा...   

सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार...   

प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...   

सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...   

अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top