


भारतमै रोकिएका छ जना नेपाली महाकाली तरेर भित्रिए


-
-
बैशाख २५ गते, २०७७ - ०९:१५

दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।
डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन् । नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् ।
लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताए। “एक महिनादेखि काम बन्द भयो”, उनले भने, “नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।” तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए।
नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् ।
उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । “ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन”, उनले भने, “लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।” उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचन आयोगले बहुमत जहाँ छ त्यो मूल पार्टी भनेकाे छ, त्यसैले हामी नै मूल पार्टी हौँ : नेपाल
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम...प्रवीण थापामगरको हत्या आरोपमा एक जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक...अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट
चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका...देशका विभिन्न १४ शहरमा वल्र्डलिङ्कले डेटा सेन्टर बनाउने
काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न...प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र...अबको केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुन्छ र नेपाली जनता विजयी हुनेछन् : प्रचण्ड
बुटवल । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको अबको केही महिनाभित्रै...प्रचण्डलाई चितवनमा चुनाव हामीले जिताएको हो : प्रधानमन्त्री ओलीे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव आफुहरुले जिताएको...ओलीले गल्ती स्वीकारेमा एकता सम्भव छ : योगेश भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट...लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
जनकपुरधाम । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । ।...ठगी मुद्दामा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी
काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई...

प्रतिकृया लेख्नुहोस्:
- अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट
- लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
- ठगी मुद्दामा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी
- प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
- फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण