Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एक सातादेखि भारतबाट आउने तरकारीको विषादी परीक्षण ठप्प

काठमाडौं । एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा आइरहेको तरकारीको विषादी परीक्षण पनि बन्द भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कीटनाशक विषादी परीक्षण गर्ने किट नै सकिएकाले राजधानीलगायतका क्षेत्रमा एक सातादेखि परीक्षण ठप्प छ । परीक्षण गर्ने किट वर्षमा कति चाहिन्छ भन्ने हिसाब हुन्छ । तर, सरकारले पर्याप्त तयारी नगर्दा लकडाउन सुरु भएको डेढ महिनामै कीटनाशक विषादीको परीक्षण ठप्प भएको छ । भारतबाट आएको तरकारी विषादी परीक्षण विना सीधै नेपालीको भान्सामा पाकिरहेको छ ।

कृषि मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले काठमाडौंको कालिमाटी, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरेको छ ।

पोखरामा विगत ६ महिनादेखि नै परीक्षण रोकिएकाले विषादी परीक्षण नगरी तरकारी बजारमा पठाउने गरिएको छ । काठमाडौंको कालिमाटीस्थित दु्रत परीक्षण पनि गत असोजदेखि नै बन्द छ, नाकामा नै परीक्षण हुने भएकाले कालिमाटीको इकाइ बन्द गरिएको थियो ।

देशका सात स्थानमा राखिएका ल्याबले सबै किसिमका विषादी परीक्षण गर्दैैनन् । तरकारीमा २९ किसिमका विषादी प्रयोग हुन्छन्, तर यी ल्याबले जम्मा दुईथरी विषादी मात्र परीक्षण गर्ने सामथ्र्य राख्छन् । केन्द्रीय प्रयोगशालामा भने २९ वटै विषादी परीक्षण हुन्छ ।

नाकाबाट सिफारिस गरेर पठाइएका नमुना राजधानीको केन्द्रीय प्रयोगशालाले परीक्षण गर्दै आएको थियो । तर, अब किट सकिएकाले नाका र राजधानी सबैतिर परीक्षण रोकिएको छ ।

‘बुटवलमा एक–दुई दिनलाई पुग्ने किट बाँकी छ, तर त्यहाँ कार्यालय सहयोगी मात्रै रहेकाले परीक्षण हुन सकेको छैन, अन्य सबै कार्यालयमा एक सातादेखि परीक्षण बन्द छ,’ प्रयोगशालाकी प्रमुख सावित्री बरालले भनिन्, ‘अहिले तरकारीको विषादी परीक्षण हुन सकेको छैन ।’

किट सकिने सम्भावना भएकाले प्रयोशालाले थोरै–थोरै परिमाणमा मात्र तरकारीको नमुना परीक्षण गर्दै आएको थियो, त्यतिन्जेल पनि किट प्राप्त नभएकाले अहिले परीक्षण ठप्प भएको प्रयोगशालाको भनाइ छ ।

तरकारीको विषादी परीक्षण जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो, यो पनि औषधि र मेडिकल साधनजस्तै प्राथमिकतामा मगाउनुपर्ने हो । तर, कृषि मन्त्रालयले टेन्डर गरिएको र लकडाउनका कारण रोकिएको भन्दै दु्रतमार्गबाट मगाउन पहल गरेको छैन ।

प्रयोगशालाका अनुसार ताइवानबाट आयात भएको किट सिंगापुरमा रोकिएको छ । ‘चैत २०–२५ गतेसम्ममा सामान आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो, तर लकडाउन भएपछि किट नै आउन सकेन,’ बरालले भनिन् ।

अब एक महिनाभित्र किट ल्याउन नसके तरकारीको विषादी आगामी मंसिरसम्म परीक्षण हुन नसक्ने बरालले बताइन् । ‘१५ असारसम्म भुक्तानी दिने गरी सामान मगाइएको छ ।

त्यसका लागि जेठ मसान्तसम्म सामान आइपुग्नुपर्छ । तोकिएको समयमा सामान नआए भुक्तानी दिन सकिँदैन,’ उनले भनिन्, ‘एकातिर बजेट फ्रिज हुन्छ, अर्कातिर किट अभावमा आगामी मंसिरसम्म परीक्षण गर्न सकिँदैन ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय कार्यालयले पनि तरकारीमा भएको विषादी परीक्षण गर्न सक्छ । तर, लकडाउनयता विषादी परीक्षण नगरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ‘हामीले आवश्यकताका आधारमा परीक्षण गर्ने हो ।

अहिले तरकारीको विषादी परीक्षण भएको छैन,’ उनले भने । त्यस्तै प्लान्ट क्वारेन्टाइन कार्यालयले पनि देशभर १५ स्थानमा प्रयोगशाला राखेको छ । तर, ती प्रयोगशालाले विषादी परीक्षण गर्दैनन् । प्लान्ट क्वारेन्टाइन प्रमुख सहदेवप्रसाद हुमागाईका अनुसार रोग र किरा भए–नभएको मात्र हेर्ने गरिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies