Khabar Dabali Logo
  January 28, Thu

अलपत्र परेकालाई तत्काल स्वदेश ल्याउन गृहकार्य गर्नुस्– समिति

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतका विभिन्न ठाउँ तथा सीमा क्षेत्रमा रहेकालाई स्वदेश फर्काउन प्राथमिकता साथ गृहकार्य गर्न सरकारलाई निर्देशन दिएको छ ।

सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय प्रशासनले समेत नेपाल फर्कन आग्रह गरेकाले दुवै देशका सरकारबीच औपचारिक छलफल गरी आवश्यक गृहकार्यसहित त्यस्ता नागरिकलाई प्राथमिकीकरण गरी नेपाल फर्काउने व्यवस्था गर्न समितिले निर्देश गरेको हो ।

समितिले कञ्चनपुरको भीमदत्त नगरपालिकासँग जोडिएको भारतीय सीमानाका बनवासा र टनकपुरमा ३५ दिनभन्दा बढी अलग्गै क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वदेश ल्याई आवश्यक स्वास्थ्य परीक्षण गरी व्यवस्थित विवरणसहित सम्बन्धित पालिकामा पठाउन सरकारलाई सुझाव दिएको छ ।

भारतलगायत विभिन्न देशमा रहेका नेपालीको कोभिड १९ को महामारीबाट सुरक्षा गर्न तथा कामविहीन भएकालाई जीविका सञ्चालनका लागि राहत उपलब्ध गराउन ती देशमा रहेका कूटनीतिक नियोगमार्फत व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

बैठकले भारतसँग जोडिएको नेपालको सिमाना अन्तर्राष्ट्रिय कानून र नेपालको राष्ट्रियहित अनुकूल नियमन गर्न तथा नियमन नभएका सिमानापारिबाट हुनसक्ने मानिसको जोखिमपूर्ण आवतजावतलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएको छ ।

सीमा सुरक्षार्थी खटिएका सुरक्षाकर्मीलाई कोभिड १९ को रोकथामको दृष्टिकोणले आवश्यक पर्ने स्वास्थ्य सामग्री खाद्य व्यवस्थान र उचित आवासको प्रबन्ध मिलाउन पनि समितिले भनेको छ । समितिले रोजगारीका क्रममा ज्यान गुमाएकाको शव पीडितका परिवारजनसँग छलफल गरी आवश्यक व्यवस्थापन गर्न सुझाव दिएको छ । लकडाउनपछि विभिन्न कालगतिले खाडी मुलुकमा १११ श्रमिकको मृत्यु भएको हुँदा ती शव ल्याउन कठिन भइरहेको बैठकमा जानकारी दिइयो ।

बैठकले कोभिड १९ ले विश्वलाई अप्ठेरो र त्रासदीपूर्ण अवस्था सिर्जना गरेकाले फैलिरहेको कोरोना सङ्क्रमितको उपचारका लागि सातै प्रदेशमा सधान स्रोत सम्पन्न अस्पताल तयार गर्न पनि सरकारलाई सल्लाह दिएको छ ।

यसअघि बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोभिड १९ बाट उत्पन्न परिस्थिति र प्रभावबारे पर्याप्त जानकारी लिएर मात्र निष्कर्षमा पुग्न सुझाव दिए । उनले भने “सङ्कटको सामना गरिरहेका विदेशमा रहेका नेपाली स्वदेश फर्कन चाहन्छ भने उनीहरुलाई ल्याउन सक्नुपर्छ ।”

सदस्य भीम रावलले अप्ठेरोमा परी स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा कष्ट व्यहोरिरहेका नागरिकको तत्काल उद्धार गर्न सुझाव दिए । सांसद पुष्पा भुसालले वार्षिक नौ सय करोड विप्रेषण पठाउने श्रमिकलाई राष्ट्रिय बजेट परिचालन गरेर भने पनि उद्धार गर्नु सक्नुपर्छ भनिन् ।

सदस्य दिव्यराज भण्डारीले विदेशमा अलपत्र परेका नेपालीको उद्धार र स्वदेश फर्काउने कार्यमा कूटनीतिक नियोगको प्रभावकारी परिचालन आवश्यक रहेको बताउनुभयो । सांसद सुरेन्द्र कार्कीले ठूलो समस्या आएमा पार लगाउने रणनीति र कार्यनीति नभएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए ।

सो अवसरमा वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरव इमिरेट्स, कुवेत, बहराइन र ओमानबाट मात्रै तत्काल नेपाल फर्कन सक्ने श्रमिकको सङ्ख्या चार लाख सात हजार आँकलन गरिएको तथ्याङ्क प्रस्तुत गरे

बैशाख २४ गते, २०७७ - १७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो

काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...   

आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...   

नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...   
रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...   

सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु

काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...   
इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...   
माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...   

भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...   
प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...   

दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top