


‘एक व्यक्ति, एक पद’काे नियम लागु भए ओलीले के गर्लान् ?


-
-
बैशाख २४ गते, २०७७ - १६:३०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘एक व्यक्ति, एक पद’ को कुरा उठ्न थालेको छ । स्थायी कमिटीको पूर्वसन्ध्यामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहले यो कुरा जोडदारसँग उठाईरहेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच एकजनाले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टी चलाउनेबारे गत मंसिर ४ गते नै भद्र सहमति भएको थियो ।
तर, ओलीले दाहाललाई पार्टीको काममा अंकुश लगाएपछि विवाद झनै बढेको थियो । अध्यादेश प्रकरणपछि नेकपाभित्र ओलीविरोधी मोर्चा सशक्त बन्दै आएको छ । अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्री ओलीले यसको जवाफ स्थायी कमिटी बैठकमा दिनुपर्ने माग गरिएको छ । अध्यादेश जारी हुनेबित्तिकै यो गलत छ भन्दै फिर्ता लिनुपर्ने मागसहित दाहाल नेपाल समूहका २० जना स्थायी कमिटीले लिखित रुपमा बैठकको माग गरेका थिए ।
सरकारले अहिले अध्यादेश फिर्ता लिईसकेको छ । यो फिर्ता भएसँगै अब यसको च्याप्टर क्लो भयो भनेर महासचिव विष्णु पौडेलले पनि दाबी गरेका छन् । तर, २० जना स्थायी कमिटी सदस्यहरु भने भोलिबाट सुरु हुने बैठकमा अध्यादेश प्रकरणबारे पनि प्रधानमन्त्रीसँग जवाफ माग्ने पक्षमा छन् । त्यसको लागि उनीहरुले हिजो र आज सामूहिक छलफल गरेर रणनीति पनि तय गरिसकेका छन् ।
केपी ओलीले कुनैपनि हालतमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने भनेर महासचिव पौडेलले पत्रकार ऋषि धमलासँगको हालैको अन्तर्वार्तामा दाबी गरेका छन् । उनले ओली कुनैपनि मोर्चामा अल्पमतमा नरहेको पनि उनको जिकिर थियो । उनले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको प्रसंग नै नउठ्ने दाबी गरिसकेका छन् । तर, दाहाल नेपाल समूह ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्छ भन्ने अडानमा छन् । यसले पनि नेकपाको स्थायी कमिटी बैठकमा रस्साकस्सी पर्ने निश्चित छ ।
स्थायी कमिटीमा ओली पुरै अल्पमतमा छन् । पछिल्लो समय एक व्यक्ति, एक पदमा जानुपर्ने भए के गर्ने भन्नेबारे बालुवाटारले पनि छलफल थालेको छ । यो बीचमा ओलीले अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय नेपाल र खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा ओलीले आफूविरुद्ध फेरि मोर्चाबन्दी गरिएको भन्दै खनालसँग गुनासो पोखेका थिए ।
तर, खनालले पार्टी निर्णयलाई सर्वोपरि ठानेर अघि बढ्दा नै बुद्धिमानी हुने सुझाव दिएको धमलालाई बताएका थिए । ओलीले कुनैपनि हालतमा दुवै पद नछोड्ने भनेर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले दाबी गरेका छन् । उनले पार्टीमा ओलीको विकल्प खोजिए मुलुक दुर्घट्नामा पर्ने चेतावनी दिएका छन् ।
यदि एक व्यक्ति, एक पदमा अघि बढ्नुपर्ने भए केपी ओलीले के गर्ने ? भन्नेबारे पनि आफूनिकटका नेताहरुसँग छलफल थालेका छन् । उनले छोड्नैपरे आफू प्रधानमन्त्री छोड्ने तर पार्टी अध्यक्ष कुनैपनि हालतमा नछोड्ने तयारी गरेको पनि स्रोतको दाबी छ । रिपाेर्टस नेपालबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटनमन्त्री ढकालको प्रश्नः जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो ?
- स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली
- मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा
- पछिल्लो ३ वर्षमा बाँकेमा ८ सयभन्दा बढी महिला तथा बालबालिका बेपत्ता