


रक्सीले अभिभावकको मृत्यु भएपछि बालबच्चाको बिचल्ली


-
-
बैशाख २४ गते, २०७७ - १५:०८

महोत्तरी । एसइई (माध्यमिक शिक्षा परीक्षा)पास गरेपछि विज्ञान विषय पढ्न बर्दिवास जाने महोत्तरीको भङ्गाहा नगरपालिका–७ मेघरोल–मझौलियाकी सपना सिंहको रहर आफ्नै नाउँजस्तै बन्यो । आफ्नो शिक्षादीक्षा र परिवारको भरणपोषणको मुख्य आधार पिता लालबाबु सिंहको अल्पायुमै भएको निधनले सपनाको रहर आफ्नै सपनाजस्तै बनेको हो ।
“बाबाआमा, दाजुभाउजू र बिहे भएर घर गएकी दिदीलाई पनि सपना राम्रो पढ्छे, यसलाई नर्स बनाउनुपर्छ भन्नुहुन्थ्यो”, पुगेका सञ्चारकर्मीसँग १५ वर्षीया सपनाले भन्नुभयो, “बाबाको अकाल मृत्युसँगै सबै रहर अब सपनाजस्तै बने ।” बाबाको रक्सी खाने नराम्रो अम्मल रहेको बताउने सपनाले अब त्यो अम्मलले पूरै आफ्नो परिवारको गुजारा सङ्कटमा परेको सपनाको बिलौना छ । सपना आफ्नै बस्तीको श्री शङ्कर माध्यमिक विद्यालयबाट यसपालि ९ कक्षा पास गरेर १० पढ्ने तयारीमा रहेकै बेला पिता लालबाबुको मृत्यु भयो ।
रक्सी खाने नराम्रो बानी छाड्न आपूmहरुले भन्दै आए पनि त्यो बानीमा सुधार नआएको लालबाबुकी ५० वर्षीया पत्नी रासवती थारुले रुँदै बताए । “जमिनजेथा केही नभएका हाम्रो परिवारलाई गुजारामा उनकै मेहनतको आस थियो” रासवतीले मनको बह पोख्दै भने, “अब केले गुजारा गर्ने होला ?” आफ्नै घर नजिकै सानो पसल सञ्चालन गर्दै र मौकाअनुसार ज्यालामजदुरी गर्ने लालबाबुको यही वैशाख–१७ गते बुधबार अत्यधिक रक्सी सेवनकै कारण मृत्यु भएको हो । लालबाबुका घरमा अब पत्नी रासवती, छोरा जितेन्द्र र छोरी सपना छन् । जेठी छोरी कविताको भने विवाह भइसकेको छ ।
भङ्गाहा–७ मेघरोलकै शङ्कर माविमै कक्षा–२ भर्खरै पास गरेका १० वर्षीय गौरवकुमार सिंहका आँसु पनि रोकिएका छैनन् । बाबु सिकेन्द्र सिंहको गत बिहीबार ९वैशाख–१८० मृत्यु भएयता गौरवका आँसु नथामिएका हुन् । सानो झुप्रो घर भत्काएर अली ठूलो घर बनाउन थालेका सिकेन्द्रको पनि अत्यधिक मदिरा सेवनकै कारण मृत्यु भएको चिकित्सक टोलीले जनाइसकेको छ । घरमा रङ पोत्ने सीपका सिकेन्द्र पनि रक्सीका अम्मली रहेका भाउजू सञ्जिता धामीले बताए । “छोराछोरीलाई त निकै माया गर्थे सिकेन्द्र, नानीहरुलाई पढाएर ठूलो मान्छे बनाउँछु भन्थे” सञ्जिताले भने, “तर, रक्सी नखान हामी परिवारजनले गर्ने न्यहोरा ९अनुरोध० भने कहिल्यै सुनेनन् ।”
सिकेन्द्रको मृत्युपछि उनले बनाउन थालेका नयाँ घर निर्माणको काम अल्झिएको छ । सिकेन्द्रको मृत्युयता पत्नी निलम अझै राम्ररी होसमा आउन सकेकी छैनन् । निलमसँगै १२ वर्षीया छोरी सुप्रिना सिंह र छोरा गौरव आमालाई अङ्गालेर लगातार रोइरहेका छन् । सुप्रिनाले आफ्नै वस्तीको विद्यालयबाट यसपालि कक्षा–७ पास उत्तीर्ण गरेकी छन् । “अब हामी कसको घर बस्ने होला, आफ्नो घर अधुरै छाडेर बाबु जानुभयो”, घर पुगेका सञ्चारकर्मीसँग रुँदै सुप्रिनाले भन्नुभयो, “अब नयाँ घर बस्ने र पढ्ने रहर कसरी पूरा गर्ने होला ?”
महोत्तरीको बर्दिवास नगरपालिका–१२ र भङ्गाहा–७ र ६ का एकअर्कोसँग जोडिएको बस्तीमा वैशाख ११ यता मङ्गलबारसम्म १३ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये ११ पुरुष र दुई महिला छन् । एकजना बर्दिवास–१२ का २६ वर्षीय सुपिन्द्र मण्डलबाहेक सबै ४० वर्षभन्दा माथिको उमेरका छन् ।
सबैजसो घरका घरमूलीको मृत्युले सिङ्गो परिवार बिचल्लीमा परेको छ । भङ्गाहा–७ मेघरोलकै सामाजिक, राजनीतिक कार्यकर्ता श्याम सिंहले भने, “मृतक १३ मध्ये यिनको चाहिँ घरमा गुजारा चलाउनका लागि यो कुरा छ भनेर हेर्न, देख्न सकिने केही छैनन् ।” मृतकमध्ये भङ्गाहा–७ का रुपनारायण सिंहबाहेक सबैजसो रक्सीका अम्मली रहेका त्यहाँका आम बासिन्दा बताउँछन् ।
यसपालि पहिलोेपटक वैशाख–११ गते भङ्गाहा–७ मेघरोलका करिब ५० वर्षीय महेन्द्र चौधरीको मृत्यु भएसँगै लगातारजसो मृत्युको शृङ्खला बढेको हो । त्यसयता वैशाख–१६ गते मङ्गलबार भङ्गाहा–७ का मोहन चौधरी र नथुनी चमारको मृत्यु भयो । त्यसैगरी वैशाख–१७ गते बुधबार भङ्गाहा–७ का लालबाबु सिंह र बर्दिवास–१२ का गङ्गाराम सादाको मृत्यु भएपछि बल्ल बस्तीमा ब्याधी ९कुनै रोग० पसेको चर्चा शुरु भएको मेघरोलवासी सम्झन्छन् ।
त्यसपछि लगातार वैशाख–१८ गते बिहीबार सिकेन्द्र सिंह र भङ्गाहा–७ कै सुकदेव महराको मृत्यु भयो । अनि गत शुक्रबार बर्दिवास–१२ का सोमनीदेबी सर्दार र सुपिन्द्र मण्डलको । त्यसैगरी शनिबार बर्दिवास–१२ मा बस्ने भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ का पलट साहको मृत्यु भएपछि बस्तीमा शोक र त्रास सँगसँगै बढेको हो । त्यसैगरी गत आइतबार रुपनारायण सिंहको र हिजो मङ्गलबार भङ्गाहा–७ कै ७० वर्षीया गर्भुदेवी महतोको मृत्यु भएपछि बस्तीमा मृतक सङ्ख्या १३ पुगेको हो । मृतकमध्ये सुपिन्द्रबाहेक सबै ४० वर्ष माथिका छन् ।
बस्तीमा लगातार मृत्युका घटना बढ्दै गएपछि गत शनिबार स्वास्थ्य सेवा विभाग, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विश्व स्वास्थ्य सङ्गठन र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको दक्ष चिकित्सक टोलीले प्रभावित बस्तीमै पुगेर मृत्युको कारणबारे स्थलगत अध्ययन तथा अनुसन्धान थालेको छ । हालसम्मको अनुसन्धानले अधिकांशको मृत्यु अधिक मदिरा सेवनले नै भएको निचोड निकालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । “एकजना मलेरियाका बिरामी र एकजनामा झाडापखाला देखियो, अन्य सबैको मृत्युको कारणमा मदिरा सेवन जोडिएको देखिन्छ”, झाले सञ्चारकर्मीलाई भने ।
बस्तीमा मृत्युको कारणबारे कोरोना त्रासको पक्ष मेटिएको छ । मृतकमध्ये तीनजनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो । तीनैजनाको जाँच नतिजा नेगेटिभ आएपछि कोभिड–१९ नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
“बस्तीमा दिनहुँजसो भटाभट मान्छे मरेपछि कोरोना हो कि भन्ने त्रास व्याप्त थियो”, अनुसन्धान टोलीमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा खेम शर्माले भने, “त्यो त्रास भने अब हटेको छ, मृत्युको कारण अनियन्त्रित मदिरा सेवनसँगै जोडिएको देखिन्छ ।” बस्तीका मृतक परिवारका आश्रित बालबालिकाको शिक्षादीक्षा र अति आवश्यकीय गर्जो टार्न प्रदेश–२ सरकारले प्रतिपरिवार रु एक लाख राहत दिने भएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले अब प्रदेशमा अवैध मदिरा भट्ठी पूर्णरुपले बन्द गर्न आवश्यक सबै तयारी गरिने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...
