Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लकडाउनमा आपराधिक घटनामा कमी, ४९ मुद्दा दर्ता

परासी । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आपराधिक घटनामा कमी आएको छ । बन्दाबन्दीमा चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

‘लकडाउनका कारण मानिस घर बाहिर निस्कन नपाउनु, सीमा क्षेत्र पनि पूर्ण रुपमा बन्द हुनु र पं्रहरीको सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको छ’, उनले भने । प्रहरी गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा परिचालन भएर जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको उनको भनाइ छ ।

प्रहरीका अनुसार बन्दाबन्दी अवधिमा जिल्लामा ज्यान मार्ने उद्योग र फुटकर ज्यान एकएक तथा भवितव्य ज्यानमा तीन मात्र मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीका दुई, सवारी ज्यान एक र सवारी दुर्घटनामा परी मृत्यु भवितव्य ज्यानमा दुई मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएकाले दुर्घटनामा कमी आएको तथा लागुऔषधको मुद्दा वृद्धि भएको पाइएको छ । बन्दाबन्दी अवधिमा मात्रै लागुऔषधका १० मुद्दा दर्ता भएको र त्यसमा संलग्न १९ लाई पक्राउ गरिएको प्रनाउ थापाले बताए ।उनले भने, ‘लागुऔषधको कारोबार मुख्य नाकाबाट नभई अन्य चोरीका नाकाबाट रातिको समयमा प्रहरीको आँखा छलेर हुने गरेको पाइन्छ, भारतका व्यापारीले सीमासम्मै लागुऔषध ल्याएर छाड्ने र प्रहरीलाई छलेर ओसारपसार गर्ने गरिएको छ ।’

जिल्लाको भारतसँग सीमा जोडिएको २८ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ । सीमानाकामा चौबीसै घण्टा प्रहरी तैनाथ रहेकाले कुनै पनि व्यक्ति वा वस्तु आयात निर्यातमा रोक लगाइएको छ । गत चैत ११ देखि हालसम्म जिल्लामा ४९ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । दर्ता भएकामध्ये १२ मुद्दा फछर्योट भएको तथा ३७ अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । उनन्चास मुद्दाका प्रतिवादी ४२ जनालाई प्रहरी पक्राउ गर्न सफल भएको छ । घटनामा नौ जना फरार छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies