Khabar Dabali Logo
  January 25, Mon

कोरोना भाइरस महामारी : इटलीलाई उछिन्दै यूकेमा युरोपकै सबैभन्दा बढी मृत्यु

एजेन्सी । यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।

यूकेभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद्‌ भनेका छन्।

यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ।

इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्।

बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ।

तर यो तुलनामा त्रुटि पनि रहेको उनको तर्क छ किनकि यूकेको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ।

हरेक देशमा परीक्षणको दर फरक छ, आजको मितिसम्म इटलीमा यूकेमा भन्दा बढी सङ्ख्यामा परीक्षणहरू भइरहेका छन्।

कोरोनाभाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री राबले देशमा २९,४२७ जना व्यक्तिले ज्यान गुमाएको बताए।

‘यो स्तरमा‘यसरी देशले ठूलो विपद्‌ कहिल्यै नदेखेको’ उनको भनाइ थियो।

अहिल्यै अन्तर्राष्ट्रिय रूपमा तुलना गर्न नहुने उल्लेख गर्दै राबले भने, ‘कुन देशले कस्तो गरिरहेको छ भन्नेबारे महामारी सकेपछि मात्रै हामीले वास्तविक नतिजा पाउन सक्छौँ र खासगरी मृत्युका सबै कारणबारे अन्तर्राष्ट्रिय तथ्याङ्क नपाएसम्म भन्न सकिँदैन।’

क्याम्ब्रिज विश्वविद्यालयस्थित प्राध्यापक डेभिड स्पिगलहाल्टर कुनै पनि देशले महामारीलाई लिएर राम्रो नगरेको दाबी गर्छन्।

उनी भन्छन्, ‘हामीले यो कुरा भन्न सक्छौँ कि यी कुनै पनि देशले राम्ररी गरिरहेका छैनन्, तर क्रम सङ्ख्याका आधारमा देशहरूलाई राख्नुको कुनै अर्थ छैन।’

बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिगल भन्छन्, यो बुद्धिमत्ताको क्षण हो। इटली युरोपको पहिलो हिस्सा थियो जहाँ तीव्र गतिमा सङ्क्रमण फैलियो र बिरामीले अस्पताल भरिए जसले स्तब्ध र विश्वास गर्नै नसक्ने बनायो।

तर सङ्ख्याको व्याख्या कसरी गर्ने भन्नेबारे हामी सचेत हुनुपर्छ। दुवै देशले अस्पताल र समुदायमा भएका मृत्युलाई गणना गरेका छन्।

पहिलो कुरा यूकेको जनसङ्ख्या इटलीको भन्दा केही बढी छ। जनसङ्ख्याका आधारमा तपाईँ मृतकको सङ्ख्या गणना गर्नुहुन्छ भने इटली अझै नराम्रो स्थितिमा छ।

परीक्षणका आधारमा सङ्क्रमित सङ्ख्या गणना भएका हुन् र परीक्षणको दर चाहिँ फरक छन्।

क्षेत्रगत हिसाबले हेर्दा पनि अवस्था फरक देखिन्छ। इटलीमा भएकामध्ये आधा मृत्युका घटना लोम्बार्डीमा भएको छ।

तर यूकेमा अझ बढी क्षेत्रमा फैलिएको देखिन्छ। पाँचमध्ये एउटाभन्दा पनि कम घटना लन्डनमा भएको छ जहाँको जनसङ्ख्या लोम्बार्डीको जस्तै छ।

बैशाख २४ गते, २०७७ - १२:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड

ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड

prachanda काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी...   
प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम...   

गण्डकीमा १७ हजार ३९६ जनालाई कोरोना खोप आइपुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...   

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

काभ्रे । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको...   

राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा...   

भरतपुरको सिटीहल र छ लेन सडकको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन...   

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि...   

पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा...   

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत...   

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top