


राष्ट्रिय पत्रकारिता दिवस : सञ्चार जगतको भूमिका अविस्मरणीय – प्रधानमन्त्री


-
-
बैशाख २४ गते, २०७७ - १०:३७

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन्
प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गरे । “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ”, सन्देशमा भनिएको छ, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।”
नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उनले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाए । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि उहाँले व्यक्त गरेका छन् ।
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । सरकारको निर्णयसँगै पाँच वर्षअघिदेखि आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ ।
यसैगरी दिवसका अवसरमा शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन् ।
लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनले सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भइ भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले महत्वपूर्ण योगदान पु¥याउनेमा आफू पूर्ण विश्वस्त रहेको जनाएका छन् ।
सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि भइ देशले भोग्नुपरेका चुनौती तथा तिनीहरुको समाधानको विषयलाई उजागर गर्दै सामाजिक क्षेत्रमा समेत यसले उल्लेख्य योगदान गर्न सक्छ भन्दै उनले सूचना प्रवाहको माध्यमले राष्ट्र निर्माणमा अतुलनीय योगदान गर्न सक्ने तथ्यलाई मनन गरी निरन्तर सूचना, विश्लेषण तथा अभिव्यक्तिका माध्यमबाट आफ्नो पेशागत दायित्व निर्वाह गर्न आजको दिनले सबै पत्रकार र आमसञ्चार क्षेत्रलाई प्रेरणा दिने अपेक्षा व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...

प्रतिकृया लेख्नुहोस्:
- निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
- १४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
- ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
- तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
- माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
- ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
- मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश
- तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
- ओलीलाई सूर्य चिन्हको माया नै छैन : अध्यक्ष नेपाल
- राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना इजलासमा पेश
- वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने
- सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
- आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल
- ओली कम्युनिस्ट हुन लायकै छैनन, त्यसैले साधारण सदस्यबाटै निष्काशन गर्दैछौ : अध्यक्ष नेपाल
- सांसद किनबेचकाे खेल भएपछि प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री