Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राष्ट्र बैंकका गर्भनर अधिकारीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ - अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको माछापुच्छ्रे बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ, नबिल बैंकमा २ हजार ३ सय २ अमेरिकी डलर र नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपैयाँ छ ।

गर्भनर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधानअनुरुप अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग दुई मोटरसाइकल र एउटा टोयोटा कार रहेको उल्लेख छ । उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६ सय रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन् ।

कूल ऋणमध्ये ५० लाख रुपैयाँ मध्य–तमोर जलविद्युत आयोजनाको सेयरका लागि हो । उनी यसका संस्थापक सेयरधनी हुन् । उनीसँग नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाडौँ लगायतका २७ हजार १ सय ८४ कित्ता सेयर रहेको छ जसको मूल्य ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।

अधिकारीसँग २७ तोला सुन र ५० तोला चाँदीका गहना छन् । त्यस्तै श्रीमती सरिता अधिकारीको नाममा सैबु गाविसमा २७ आना ३ पैसा २ दाम जग्गा छ । त्यस्तै, ललितपुरको छप्पीमा ४ रोपनी १० आना, २ रोपनी १५ आना र २ रोपनी ६ आना गरी तीन कित्ता छन् ।

यसको मूल्इ ९० लाख रहेको छ । उनको झापा र हेटौँडामा पनि जग्गा छ । यबाहेक उनीसँग २२ सय वर्गफिटको जग्गा छ । त्यस्तै, अधिकारीको घरमा १४ लाख १० हजार बराबरको टिभी, फ्रिज लगायतका समान रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies