Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोराना रोकथाममा आयुर्वेद तथा वैकल्पिक चिकित्सामा जोड दिइनेछ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै नेपालमै परम्परागतरुपमा अभ्यास गरिंदै आएको वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइने बताएका छन् ।आज मन्त्रालयमा सोवा रिग्पा एशोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रु तीन लाख रकम ग्रहण गर्दै मन्त्री ढकालले सरकारले कोभिड­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरिएको बताए ।

उनले कोभिड­१९ बाट बच्न नागरिकस्तरबाट सरकारलाई ठूलो सहयोग प्राप्त भएको बताउँदै यसले यस रोगविरुद्धको लडाइँमा जुध्न सहयोग पुगेको छ भने। एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले यस रोगको रोकथाम र नियन्त्रणका लागि भविष्यमा आवश्यक औषधि हस्तान्तरण र स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए।

सोवा रिग्पा उपचार पद्धतिको प्रभावकारिता

हाल विश्वभर कोरोना भाइरस (कोभिड­१९) को उपचार तथा खोप तयार नभएको अवस्थामा यस रोग लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भएकाले नेपालमा पनि सरकारले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण र एन्टिभाइरल गुण भएका विभिन्न जडीबुटीको सेवन गर्न सकिने सम्भावनालाई पनि महत्व दिएको छ । सरकारले कोभिड­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन किने उल्लेख छ । कोरोनासहित अन्य भाइरसजन्य संक्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रवल हुनुपर्नेमा जाड दिएको छ ।

वैकल्पिक चिकित्साअन्र्तगत सोवारिग्पा तन्त्र अनुसार यी औषधिहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सरुवा रोगहरुको रोकथाम र निको गर्न सकिने भएकाले चीन, भारत, अमेरिकालगायत विभिन्न देशहरुले यसतर्फ जोड दन थालेका छन् । नेपालमा पनि गाउँघरमा प्रशस्त पाउन सकिने असुरो, बेसार, गुर्जो, त्रिफला, जाइफल, ल्वाङ, अलैंची, केशर, सुकमेलजस्त जडिबुटीले वायुपित्त उदर प्रदाहसम्बन्धी रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने सोवा रिग्पा एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङ बताउनुहुन्छ । यस्ता औषधिहरु सामान्यतः वृद्ध, बच्चालाई आधा चिया चम्चा, वयस्कलाई एक चम्चा, वयस्कलाई एक चम्चा बिहान, बेलुका खान दिनुपर्ने उनको भनाइ छ ।

आधुनिक चिकित्सा कतिपय सर्नेखालका रोगहरुको उपचारमा प्रभावकारी भएपनि नसर्ने किसिमका अधिकांश रोगहरुको उपचार गर्ने भन्दा पनि अन्य असर पार्ने भएकाले मानिसहरु सोवा रिग्पालगायत अन्य प्राकृतिक उपचारतर्फ आकर्षित भएको देखिन्छ । वनस्पति तथा जडीबुटीमा आधारित सोवा रिग्पा उपचार पद्दतिमा शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने प्रयास गरिन्छ । यो पद्दतिले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिँदै मानिसको दीर्घ स्वास्थ्यको सुनिश्चित गर्न मद्दत पुग्ने एशोसिएशनका महासचिव एवं सोवारिग्पा इन्टरनेशनल कलेजका प्राचार्य डा निमा छिरिङ नेपालीको भनाइ छ ।
सोवा रिग्पा हिमालय क्षेत्रमा पाइने जडीबुटी, खनिज र प्राकृतिक रुपमा उत्पादित वस्तुहरुको प्रयोग गरी गरिने वैकल्पिक र उपचारात्मक विधि हो । बुद्ध दर्शनद्वारा दीक्षित सोवा रिग्पा उपचार पद्दतिले मानिसलाई लामो समयसम्म स्वास्थ्य रही बाँच्न सिकाउँछ । सोवा रिग्पा उपचार पद्दति शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने वैज्ञानिक उपचार पद्दति हो ।

नेपालमा प्रतिरक्षात्मक, प्रवद्र्धनात्मक, पुनःस्थापनात्मक र उपचारात्मक स्वास्थ्य सेवाका लागि एलोप्याथी र आयुर्वेद चिकित्सा प्रणालीबाहेक होमियोप्याथी, युनानी, योग तथा प्राकृतिक चिकित्सा, परम्परागत चिनियाँ चिकित्सा, सोवा रिग्पा ९आम्ची० चिकित्सा पद्धतिलाई पूरक चिकित्साअन्तर्गत राखिएको छ । सोवा रिग्पाको उपचार सेवा सस्तो र सरल हुने भएकाले विपन्न तथा मध्यम वर्गका लागि निकै उपयोगी बनेको छ । त्यस्तै यसको उपचारको प्रभाव लामो समयसम्म रहने र त्यसले शरीरमा कुनै असर नगरी सकारात्मक प्रभाव दिने भएकाले पनि यसको प्रभाव विश्वव्यापीरुपमै बढ्दै गएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies