


मकवानपुरमा लकडाउन थप कडा बनाइने


-
-
बैशाख २३ गते, २०७७ - १५:४४

हेटौडा । मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ ।
सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
अत्यावश्यक अवस्थामाबाहेक कसैलाई पनि हिँडडुल गर्न नदिइने निर्णय भएको उनले बताए । “तराईका जिल्लाबाट मकवानपुर आउने सवारी साधनमा पनि चालक र सहचालकबाहेक अन्य कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको छ”, उनले भने, “मकवानपुरबाट काठमाडौँ जानका लागि पास जारी नगरिने विषयमा समेत छलफल भएको छ ।”
मास्क र स्यानिटाइजर सहयोग
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ७२० थान मास्क र ११ लिटर स्यानिटाइजर सहयोग गरेको छ ।
उनले सहयोग गरेको मास्क र स्यानिटाइजर आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले कोरोना भाइरस सङ्क्रमणबाट बच्न मास्क र स्यानिटाइजर सहयोग उपलब्ध गराइदिएकामा नेतृ डिनालाई धन्यवाद दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र हेटौँडा उपमहानगरपालिकाका काँग्रेसका सभापति आनन्दराम पराजुलीलगायत सहभागी थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
